बिहीबार, भदौ ४, २०८३

स्याउला ल्याउन जंगल गएकी २१ वर्षीया अनिता मृत फेला

स्याउला ल्याउन जंगल गएकी डोटीको एक महिला मृत फेला परेकी छन्। 
 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

डोटी- स्याउला ल्याउन जंगल गएकी डोटीको एक महिला मृत फेला परेकी छन्। 

मंगलबार जोरायल गाउँपालिका–१ तुसे बस्ने २१ वर्षीया अनिता मल्ल मृत फेला परेकी हुन्। बिहान नजिकैको जंगलमा स्याउला ल्याउन गएकी उनी घर नफर्कीएपछि परिवारले खोजी कार्य गरेको थियो।

खोज्ने क्रममा उनी घरदेखि करिब २ किलोमीटर टाढा भिरबाट लडेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। उनको शव परिक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको इलाका प्रहरी कार्यलय बिपीनगरका प्रहरी निरीक्षक लोकेन्द्र गुरुले जानकारी दिए। महिला गर्भवती रहेको खुलेको छ।

प्रकाशित: Apr 26, 2023| 08:30 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्