बिहीबार, भदौ ४, २०८३

आज देशका केही भागमा पानी पर्ने 

देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ।
 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

काठमाडौं- देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ। आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने सम्भावना रहको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको  सम्भावना रहेको छ।

विभागका अनुसार आज राति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको विभागको भनाइ छ।

प्रकाशित: Apr 26, 2023| 07:23 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्