शनिबार, मंसिर १५, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको संख्या बढ्दो

 |  बुधबार, वैशाख १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्दो रूपमा रहेको छ। देशकै सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या उच्च रहेको पाइएको छ।

himalayan bank box

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा औलो नियन्त्रण कार्यक्रमका अनुसार सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या एक सय ८१ रहेको छ। सुदूरपश्चिम प्रदेशपछि लुम्बिनी प्रदेशमा औलोका बिरामीको सङ्ख्या एक सय ५८ रहेको छ।

कर्णालीमा ४८, मधेसमा ४४, बागमतीमा ४२, गण्डकीमा १२ र कोशीमा पाँच औलोका बिरामी रहेका छन्। देशभरमै औलोका बिरामीको सङ्ख्या चार सय ९१ रहेको छ। औलोको जोखिममा रहेको जनसङ्ख्या देशभरमा एक करोड एक लाख ४० हजार रहेको छ।

नेपाल औलो रणनीतिक योजनाअन्तर्गत सन् २०२५ सम्म देशलाई औलो उन्मूलन गर्ने उद्देश्य राखिए पनि सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्नुमा खुला सीमा नाका जिम्मेवार रहेको छ। न्यून आयस्रोत भएका व्यक्तिहरू भारतमा मजदुरी गर्न जाने गर्दछन्।

भारतबाटै औलोको सङ्क्रमण भएर फर्कने हुँदा बिरामीको सङ्ख्या अधिक देखिएको हो। आव २०७९/०८० मा सुदूरपश्चिम प्रदेशमा आयातित बिरामीको सङ्ख्या एक सय ६५ रहेको छ भने स्थानीय बिरामीको सङ्ख्या १६ मात्रै रहेको छ। जोखिमयुक्त मानिने प्लाज्मोडिएम फाल्सिरम बिरामीको सङ्ख्या प्रदेशमा २० रहेको छ।

Metro Mart
vianet

औलो रोकथामका लागि ७३ हजार पाँच सय ३८ परिवारलाई विषादीयुक्त झुल वितरणको कार्य गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत हेमराज जोशीले बताए। उनका अनुसार गर्भवती तथा औलोको जोखिममा रहेका व्यक्तिलाई २१ हजार चार सय झुल वितरण गरिएको छ। सबैभन्दा बढी प्रदेशमा १५ वर्षमाथिका एक सय ६४ महिला पुरुषमा औलोको सङ्क्रमण देखिएको छ।

“प्रदेशमा औलोबारे अनुसन्धान अध्ययन गर्न लामखुट्टे अनुसन्धान प्रयोगशाला स्थापना गरिएको छ”, उनले भने, “प्रयोगशाला स्थापना भएपछि औलो सार्ने लामखुट्टेको पहिचान गर्ने कार्यसँगै ग्रामीण क्षेत्रसम्म औलो जाँचको कार्य भइरहेको छ।”

औलो रोग निवारणका लागि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने कार्यसँगै अस्पताल, स्वास्थ्य चौकीको क्षमता विस्तारका लागि कार्य भइरहेको भए पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ। “सीमित साधन स्रोतमै काम गर्नुपरेको छ”, उनले भने, “साधन स्रोतमा वृद्धिसँगै कार्य अगाडि बढाइए औलो उन्मूलनको कार्यमा टेवा पु¥याउन सकिन्छ।” पहिले हजारौँको सङ्ख्यामा औलोका बिरामी हुने गरेको उल्लेख गर्नुहुँदै उनले औलो निवारणका लागि कार्यक्रम आयोजना हुन थालेपछि औलोका रोगीको सङ्ख्या घट्दै गएको बताए।  -रासस

प्रकाशित: Apr 26, 2023| 05:33 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्