बिहीबार, भदौ ४, २०८३

चन्द्रनगरमा धनी पुर्जा वितरण

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

सर्लाही- चन्द्रनगर गाउँपालिकाले जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरेको छ। चन्द्रनगर गाउँपालिका–४ स्थित गढाटोलाबाट जिल्लामै पहिलो पटक जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरिएको पालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए।

वडा नं ४ को दलित बस्तीका ४५ जनालाई जग्गा धनी पुर्जा (लालपुर्जा) वितरण गरेर अभियान सुरुआत गरिएको नापी कार्यालयका प्रमुख सञ्जय मनान्धरले बताए। उनका अनुसार पुस्तौँ पुस्तादेखि जोतभोग गरिरहेको गाउँ ब्लक जग्गाको लालपुर्जा सम्बन्धित व्यक्तिहरुलाई प्रदान गरिएको छ।

'पुस्तौंदेखि जोतभोग गरिरहेको जमिनको पहिलोपटक जग्गा धनी पुर्जा प्राप्त हुँदा आफूलाई निकै खुसी लागेको छ।' स्थानीयवासी नागेन्द्र महराले भने, 'आफ्नो पिता पुर्खादेखि लालपुर्जा नहुँदा धेरै दुःख पाइया थियो। बल्ल अहिले आफूले जोत भोग गरेको जमिनको जग्गाधनी पुर्जा प्राप्त भयो।'

वर्षौं वर्षदेखि आफूहरू जग्गा भएर पनि जग्गाविहीन भएर बस्न बाध्य भएकामा अहिले धनी पुर्जा प्राप्त हुँदा खुसी लागेको अर्का स्थानीयवासी संझादेवी माझीले बताए।

प्रकाशित: Apr 25, 2023| 22:33 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्