बिहीबार, भदौ ४, २०८३

विष्णु पौडेलको चुनाव खर्च साढे २२ लाख

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं- गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही-२ बाट निर्वाचित एमाले सांसद विष्णु पौडेलले निर्वाचन आयोगलाई चुनावी खर्च विवरण बुझाएका छन्।

एमालेका केन्द्रीय उपाध्यक्षसमेत रहेका पौडेलले निर्वाचनमा २२ लाख ४५ हजार ८ सय ७६ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।

विवरणअनुसार सवारीसाधनमा ३ लाख ३५ हजार, प्रचारप्रसार सामग्रीमा २ लाख २५ हजार, छापा एवं विद्युतीय माध्यममा ९ लाख २० हजार ८ सय ७६, ढुवानीमा ७१ हजार, गोष्ठी, अन्तरक्रिया कार्यकर्ता परिचालनमा २ लाख ७७ हजार, मनोनयन दाखिलामा २२ हजार, कार्यालय सञ्चालनमा ३ लाख ८५ हजार र विविध १० हजार खर्च भएको उल्लेख छ।
 

प्रकाशित: Apr 25, 2023| 17:03 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्