शनिबार, साउन ९, २०८३

नेपालमा थप १३६ जना कोरोना संक्रमित थपिए

 |  मंगलबार, वैशाख १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर एक सय ३६ जना कोरोना संक्रमित थपिएका छन्। एक हजार ५९१ वटा नमुना परीक्षण गर्दा एक सय ३६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, आज ६४ जना संक्रमणमुक्त भएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या ३९० पुगेको छ।

आजसम्म २७ जना अस्पतालमा भर्ना भएका छन्। तीमध्ये चारजना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित: Apr 25, 2023| 16:25 मंगलबार, वैशाख १२, २०८०
प्रतिक्रिया दिनुहोस्