बिहीबार, भदौ ४, २०८३

लुम्बिनीको कामचलाउ मुख्यमन्त्रीमा गिरी नियुक्त

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

लुम्बिनी प्रदेशको कामचलाउ मुख्यमन्त्रीमा नेकपा एमालेका लिला गिरी नियुक्त भएका छन्। 

प्रदेश प्रमुख अमिक शेरचनले सोमबार गिरीलाई कामचलाउ सरकारको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।  

आजमात्रै प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि गिरी मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए। प्रदेश प्रमुख शेरचनले अर्को व्यवस्था नहुँदासम्म गिरीलाई नै मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन्।

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न आठ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन्।
 

प्रकाशित: Apr 24, 2023| 18:13 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्