बिहीबार, भदौ ४, २०८३

सय दिन नाघ्नासाथ ढल्यो लुम्बिनी सरकार

मुख्यमन्त्री लिला गिरीले प्रदेशसभामा आज विश्वासको मत मागेकोमा नपाएपछि सरकार ढलेको हो।
 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

लुम्बिनी प्रदेशको सरकार ढलेको छ। मुख्यमन्त्री लिला गिरीले प्रदेशसभामा आज विश्वासको मत मागेकोमा नपाएपछि सरकार ढलेको हो।

उनको पक्षमा ३३ मत र विपक्षमा ५३ मत परेको छ। मुख्यमन्त्री गिरी आज दोस्रोपटक विश्वासको मत लिन प्रदेशसभा पुगेका थिए। यसअघि सात दलको समर्थनमा मुख्यमन्त्री बनेका गिरीलाई नेकपा माओवादी केन्द्रलगायत दलले दिएको समर्थन गत चैत १२ गते फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए।

सरकार बनेको १०३ दिनमा मुख्यमन्त्री गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको छ। पुस २७ गते गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। सत्ता साझेदार दलहरुले समर्थन फिर्ता लिएपछि सरकार बनेको ७४ दिनमै अल्पमतमा परेको थियो। संविधानको धारा १६८ को २ बमोजिम बनेको सरकार ढलेको हो।

८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ। लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै पक्षमा मतदान गरेका छन्।

बाँकी नेपाली कांग्रेस २७, नेकपा माओवादी ११, नागरिक उन्मुक्ति पार्टी ४, जसपा, लोसपा, जनमत ३/३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी १/१, स्वतन्त्र १ गरी ५३ जना सांसदले विपक्षमा मतदान गरेका छन्।

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न आठ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन्।
 

प्रकाशित: Apr 24, 2023| 13:09 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्