आइतबार, वैशाख २८, २०८२

लुम्बिनीमा एमाले नेतृत्वको सरकार ढल्दै

मुख्यमन्त्री गिरीले विश्वासको मत पाउने सम्भावना छैन। उनको साथमा एमालेका २९ र राप्रपाका ४ गरी ३३ सांसदमात्र छन्। जबकि विश्वासको मत पाउन ४४ सांसद चाहिन्छ।
 |  सोमबार, वैशाख ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

vianetvianet

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज प्रदेशसभामा विश्वासको मत माग्दैछन्। यसका लागि बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठक बोलाइएको छ।

triton college

बैठकमा विश्वासको मत प्रस्तावका लागि छलफल गर्ने कार्यसूची छ। छलफलका क्रममा उठेका प्रश्नमा मुख्यमन्त्री गिरीले जवाफ दिने र सभामुखले निर्णयार्थ प्रस्ताव पेस गर्नेछन्। 

लुम्बिनीका मुख्यमन्त्री गिरीले दोस्रोपटक विश्वासको मत माग्न लागेका हुन्। गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त गिरीले फागुन ५ गते प्रदेशसभाबाट विश्वासको मत पाएका थिए। केन्द्रमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग गठबन्धन गरेपछि लुम्बिनी प्रदेशमा पनि त्यसको असर परेको छ। 

एमालेबाट मुख्यमन्त्री भएका गिरी नेतृत्वको सरकारलाई माओवादी केन्द्रसहित ६ दलले दिएको समर्थन एक महिनाअघि फिर्ता लिएका थिए। गत चैत १२ गते माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले गिरी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिनुपरेको हो। अहिले एमालेको साथमा राप्रपा मात्र छ।

मुख्यमन्त्री गिरीले विश्वासको मत पाउने सम्भावना छैन। उनको साथमा एमालेका २९ र राप्रपाका ४ गरी ३३ सांसदमात्र छन्। जबकि विश्वासको मत पाउन ४४ सांसद चाहिन्छ। गिरी आज नै पदमुक्त हुनेछन्। भर्खरैमात्र गण्डकीमा एमाले नेतृत्वको सरकार ढलेको छ। 

National life insurance

गिरी सरकार ढलेपछि लुम्बिनीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने सम्भावना छ। एक महिनाअघि माओवादी केन्द्रसहित ६ दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चौधरीले ५३ सांसदको समर्थनसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरिसकेका छन्।

प्रकाशित: Apr 24, 2023| 09:30 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्