बिहीबार, फागुन २८, २०८२

जिल्लामै सुविधासम्पन्न अस्पताल छन्, तर जानुपर्छ भारत

 |  सोमबार, वैशाख ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ११, २०८०

झापा- विगत दुई वर्षदेखि मिर्गौलाको उपचार गराइरहेका मेचीनगर-१५ का ४२ वर्षे मोतीलाल यादवलाई सरकारले यो रोगको उपचार निःशुल्क गर्छ भन्ने थाहा छ। तर आफूलाई यो विषयबारे जानकारी हुँदा पनि सुविधा उपभोग गर्न भने सकेका छैनन्।

National life

सरकारले मिर्गौला पीडित बिरामीको उपचार निःशुल्क गर्ने प्रबन्ध गरेको छ। तर यो सुविधा लिनका लागि मेची नदी पारीको ग्वालाबस्तीबाट बिर्तामोड र भद्रपुर आउनका लागि नदीमा पुल छैन। जसकारण यादव भारतका विभिन्न अस्पतालमा पुगी महङ्गो शुल्क तिरेर उपचार गर्न बाध्य छन्।

“सरकारले मिर्गौला रोगीको उपचार निःशुल्क गर्छ भन्ने सुनेको छु”, उनले भने, “तर नदीमा पुल नहुँदा नजिक पर्ने बिर्तामोड र भद्रपुरका अस्पतालमा गएर सेवा लिन पाएको छैन, भारत जानुपर्ने बाध्यता छ।”

यादवको बुबा ८२ वर्षे राजेन्द्र यादवले आफूसँग भएको सम्पत्ति र स्थानीयको सहयोगमा भारतको सिलगुढीलगायतका अस्पतालमा उपचार गर्दा ठूलो रकम खर्च भएको भन्दै सरकारले उपलब्ध गराएको निःशुल्क सेवा लिन नपाएको बताए। मिर्गौला पीडित यादवको दुई महिनादेखि दाहिने खुट्टा र हात प्यारालाइसिस हुँदा बोल्न समेत नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ।

“भद्रपुर र बिर्तामोड जान बाटोघाटो छैन, एम्बुलेन्स आउँदैन, कसरी लैजानु?”, उनले भने, “हालसम्म भारतमा लगेर उपचार गर्दा चार लाख सकियो तर सुधार भएको छैन।” 

Laxmi sunrise bank
kumari

नदी तर्न पुल नहुँदा दशगजा सीमा क्षेत्र नजिकै बसोबास गर्दै आएका ग्वालाबस्तीका स्थानीलाई नेपालतिर आउनभन्दा भारत जान सजिलो भएको छ। 

ग्वालबस्ती टोल विकास समितिका अध्यक्ष राजकुमार रायाले नेपालका तीनै तहका सरकारले यस क्षेत्रलाई बेवास्ता गरेको बताए। उनले भने, “चुनावका बेला सबै नेता आउँछन् र पुल बनाउने कुरा गर्छन्, जितेर गएपछि कोही फर्कँदैनन्।” 

उनले यस क्षेत्रका बासिन्दा बिरामी हुँदा नेपालका अस्पतालमा बाटो र खोलामा पुल नहुँदा लैजान नसक्ने बताए। सरकारले स्वास्थ्य बीमालगायतका सुविधा दिए पनि यहाँका करिब २५ घर परिवार सो सुविधा लिनबाट वञ्चित छन्। अध्यक्ष रायाले यहाँका बासिन्दा बिरामी हुँदा भारतीय अस्पतालकै भरपर्नुपर्ने अवस्था आएको बताए।

प्रकाशित: Apr 24, 2023| 05:33 सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्