आइतबार, असोज ५, २०८२

नर्सिङ क्लब नेपालले आयोजना गरेको एक दिने नर्सिङ सम्मेलन काठमाडौंमा सम्पन्न 

 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं- नेशनल नर्सिङ सम्मेलन सम्पन्न भएको छ। काठमाडौंको एक होटलमा  नर्सिङ क्लब नेपाल र युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद सयुक्त आयोजना नेशनल नर्सिङ सम्मेलन ‘नेतृत्वको रुपान्तरण तथा युवा र सक्षम नेतृत्वको विकास’ भन्ने मुख्य नारा सहित सम्मेलन सम्पन्न भएको हो। 

Kumaribank

सम्मेलनलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री झलनाथ खनालले नीति, व्यवस्थापन र नयाँ उदेश्य राखेर जनशक्ति उत्पादन गर्नुपर्ने स्थानमा सरकारको चुकेको बताए। उनले स्वास्थ्यको क्षेत्रमा पछिल्लो पाँच बर्षमा गर्नुपर्ने रिभोलुसन हुन नसकेको बताए। उनले भने ‘गाउँ गाउँमा हेल्थ केयर सेवा पुराउनका लागी संरचना, जनशक्ति र प्रविधि हुनुपर्छ। यसका लागी सरकारले नै पहल गर्नुपर्छ।’

सम्मेलनमा कान्ति  बाल अस्पतालकी नर्सिङ निर्देशक रोशनी लक्ष्मी तुईतुईले देशमा करोडौँ लगानी गरेर उत्पादन गरेका दक्ष जनशक्ति लैजाने देशले क्षतिपूर्ति दिएर लैजानुपर्ने बताइन्। 
उनले महामारीको रूप लिँदै गरेको नसर्ने रोग नियन्त्रण गर्ने उद्देश्यले स्कुल र सामुदायिक नर्सले उल्लेखनीय भूमिका खेल्ने जिकिर गरिन्। 
नर्सिङ क्लब नेपालका अध्यक्ष विमला सुब्बाले दुर्गम वा सहरी क्षेत्रमा उत्तिकै आवश्यकता पर्ने नर्सिङ सेवा सेवामुखी र अब्बल जनशक्तिका रूपमा विकास गर्न यस्तो सम्मेलने महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। 

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सम्मेलनले नर्सिङ पेसामा आबद्ध नर्सको  उच्च आत्मबल बढ्ने र स्वदेशमै बसेर सम्मानित पेसाको रूपमा निरन्तर काम गर्ने प्रेरणा मिल्ने जिकिर गरे।

काठमाडौं मोडेल अस्पतालका क्याम्पस प्रमुख सुमिता पाठक अनुसार अहिले पढिरहेका नर्सहरु विदेश जाने गरेका छन्। नर्सहरु नेपालबाट सबैभन्दा बढी अष्ट्रेलिया, क्यानडा न्युजल्याड, अमेरिका र बेलायत बढी जाने गरेका उनले बताए। नेपालमा अध्ययन गरेका नर्समध्ये विदेशमा ७४ प्रतिशत विदेशमा जाने गरेका छन्। नेपालमा पिसियलको तथयांक घटेको उनको भनाई छ।  अहिले नर्स उत्पादन घटेको छ। उनका अनुसार सरकारले खालि ठाउँमा करार पुर्ति गर्नुभन्दा त्यो नगर्दा जसले गर्दा नेपालमा नर्सको अभाव आउँने देखिन्छ। उनले नेपालमा नर्सलाई कसरी टिकाउँने विषयमा सरकारले ध्यान नदिएको देखिएको गुनासो गरिन्।  उनले नर्सलाई राम्रो सेवासुविधा , राम्रो शिक्षा दिएमा नेपालमै नर्स टिकाउँन सकिने हुन्छ।

Metro Mart

आर्मी अस्पतालकी नसिंङ प्रमुख सानुमाया श्रेष्ठले सरकारले खाली रहेका दरबन्दीलाई पुर्ति गरेमा नर्स विदेश जानेक्रम केही रोक्न सकिने बताईन्। सरकारको तथ्याकंमा एक नर्सले ४ देखि ६ जना विरामी हेर्नुपर्ने भनिए पनि तर त्यो नरहेको उनकोभनाई छ। उनले अहिले एक नर्सले ४० जना बिरामी हेर्नुपरेको बताइन्।  ‘हामी आफैमा पनि बाहिर गएर पैसा कमाएर खुसी हुन्छौं कि यही दुई छाक खाना खाएर राम्रो सेवा दिएर खुसी हुन्छौं?’ उनको प्रश्न थियो। 

वीर अस्पतालकी नसिङ प्रमुख संगिता श्रेष्ठले हामी नेपालीहरुले खान नजानेर नजाने रोगको जोखिम बढाईरहेका बताईन्। उनले भनिन्, ‘हामीले खानेकुरामा ध्यानमा नदिदाँ नसर्ने रोगको जोखिम बढाईरहेका छौं।’
नेपाल क्यान्सर अस्पतालकी लहरमाया श्रेष्ठले निति नियममा सुर्तिजन्य पदार्थको नियन्त्रण गर्न कानुन बनाए पनि त्यसलाई पालना नगरेको बताईन्। सुर्तिजन्य पदार्थको प्रयोगले नसर्ने रोगको बढाएको उनको भनाई छ। ‘हामीले मानिसमा नसर्ने रोगका बारेमा हामी नर्सहरुले जानकारी गराऔं,’ उनले भनिन् ‘नसर्ने रोगले एक जना बिरामी भएमा परिवारको सबैमा आर्थिक समस्या पारेको हुन्छ।’ नसिंङका बिद्यार्थीहरुले समुदायमा नसर्ने रोगका बारेमा जानकारी गराउँन पनि उनले आग्रह गरिन्। 

प्रकाशित: Apr 21, 2023| 20:24 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्