सोमबार, वैशाख २८, २०८३

शुभ गृहमा ‘एडमिसन विक अष्ट्रेलिया’ हुँदै

 |  शुक्रबार, वैशाख ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं- शुभ गृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीको आयोजनामा ‘एडमिसन विक अष्ट्रेलिया’ हुने भएको छ।

National life

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको शुभ गृहले अप्रिल २३ देखि २८ सम्म कार्यक्रम गर्न लागेको हो।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको शुभ गृहका प्रबन्ध निर्देशक सुभेन्द्र थापाले जानकारी दिए। नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको शुभ गृहको कार्यालयमा एडमिसन विक कार्यक्रम हुनेछ।

अष्ट्रेलियास्थित प्रशिद्ध युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम हुनेछ। उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि कार्यक्रम निकै प्रभावकारी हुने उनले बताए।

अन द स्पट एडमिसन, आयल्स र पिटिइ कक्षामा ५० प्रतिशत छुट लगायत सुविधा विद्यार्थीले प्राप्त गर्नेछन्। लक्की ड्रका आधारमा ट्याब्लेट, मोबाइल र मुभी टिकट जित्न सकिने जनाइएको छ।

प्रकाशित: Apr 21, 2023| 15:04 शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्