सोमबार, वैशाख २८, २०८३

उपनिर्वाचनका कारण त्रिविको परीक्षा सर्‍यो

 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ । वैशाख १० गते तीन स्थानमा सङ्घीय संसद्को उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको

National life

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै संघिय संसद्को उपनिर्वाचन तोकिएकोले उक्त दिनका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएको छ।

वैशाख १० मा तीन स्थानमा उपनिर्वाचन तोकिएकोले त्यस दिनका सबै परीक्षा सार्न निर्वाचन आयोग, गृह मन्त्रालय र शिक्षा मन्त्रालयबाट अनुरोध भएकोले त्रि. वि. केन्द्रीय परीक्षा सञ्चालक समिति सो निर्णय गरेको जनाएको हो। 

२०८० वैशाख ४ गतेदेखि स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा निर्बाध रूपमा सञ्चालन भइरहेको छ। 

Untitled-16576571682006601.jpg

प्रकाशित: Apr 20, 2023| 21:44 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्