बिहीबार, फागुन २८, २०८२

बैतडीमा ८६ हजार पाठ्यपुस्तक, वितरण सुरू

 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

बैतडी- जिल्लाभरीका विद्यार्थीलाई आवश्यक पर्ने सबै पाठ्यपुस्तक आइपुगेका छन्। जिल्लामा ८६ हजार पाठ्यपुस्तक आवश्यक पर्ने सबै आइपुगेका शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुस्करराज शर्माले जानकारी दिए। 

National life

कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूका लागि ८६ हजार पाठ्यपुस्तक आवश्यक  रहेका र सबै आइपुगेको शर्माले बताए। उनले भने, ‘जिल्ला पुगेका पाठ्यपुस्तक ढुवानी कार्य जारी छ,विद्यार्थीलाई वितरण गर्ने तयारी थालिएको छ।’ 

जिल्लाभरी हाल भर्ना अभियान सञ्चालन रहेको छ।  वैशाख १५ गतेसम्म भर्ना अभियान सञ्चालन हुने सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले बताए।  उनले भने, ‘भर्ना अभियान सँगसँगै पाठ्यपुस्तक वितरण कार्य थालिएको छ।’

नयाँ विद्यार्थी भर्नाका लागि घरदैलो अभियान जारी रहेको र भर्ना अभियानपछि एम समारोहकाबीच पाठ्यपुस्तक वितरण गरिने दशरथचन्द मावि सुन्दरखालीका प्रधानाध्यापक तेजप्रकाश भट्टले बताए।  

उनले भने, ‘विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेका छौं,घरदैलो अभियानप्रश्चात विद्यालयमा एक कार्यक्रमकाबीच पाठ्यपुस्तक वितरण गर्छौं।’ गत वर्ष समयमै पाठ्यपुस्तक नपुगे पनि यो वर्ष भने समयमै पुगेका छन्।  बैतडीमा ५ सय ६२ विद्यालयहरू रहेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 20, 2023| 21:17 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्