काठमाडौं- जल तथा मौसम विज्ञान विभागले तापक्रम बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा चल्न सक्ने सम्भावना रहेको र यसले स्वास्थ्यमा असर पार्न सक्ने भएकाले सचेत रही सुरक्षाका उपायहरू अपनाउन अनुरोध गरेको छ।
तातो हावा तथा लु लाग्दाका असरहरू
- हृदयको गति तीव्र हुने
- श्वासप्रश्वास र रक्तचाप कम हुने
- शरीरबाट पसिना ननिस्किने
- टाउको अत्यधिक दुख्ने
- चक्कर लाग्ने अचेत हुने
- शरिरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुने
- छाला सुक्खा, रातो र तातो हुने
गर्मीमा स्वास्थ्यको विशेष हेरचाह गरौं। उल्लेखित असरहरू देखिएमा बिरामीलाई तुरुन्त नजिकैको अस्पताल लैजाऔं।
गर्मीमा तातो हावा वा लुबाट जोगिने उपायहरू
- दिउँसो घरबाट बाहिर ननिस्कने
- फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाही जीवनजल पिउने
- चिसो पानीले नुहाउने
- मदिरा सेवन नगर्ने
- खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने
- बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओड्ने
- क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने
- चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने