काठमाडौं- कोभिड-१९ संक्रमणबाट आज एकैदिन दुई जनाको मृत्यु भएको छ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। २ हजार २९१ नमुनामध्ये ९८० जनाको पीसीआर परीक्षण गर्दा १०५ जनामा र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जनामा संक्रमण देखिएको हो।
योसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ। यीमध्ये संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन्।