बिहीबार, फागुन २८, २०८२

तनहुँमा भर्ना अभियानसँगै विद्यार्थीलाई पुस्तक

 |  सोमबार, वैशाख ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ४, २०८०

दमौली- यस वर्षको शैक्षिक सत्र सुरु भएसँगै जिल्लामा अधिकांश पाठ्यपुस्तक आइपुगेको छ शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ। जिल्लाका दश स्थानीय तहमा रहेका सामुदायिक विद्यालयका लागि आवश्यक पाठ्यपुस्तकमध्ये अधिकांश पुस्तक आइपुगेको इकाईको भनाइ छ।

National life

भर्ना अभियान सुरु हुनुपूर्व नै जिल्लाका पुस्तक व्यवसायीले पाठ्यपुस्तक ल्याएको समन्वय इकाई प्रमुख वसन्तराज पौडेलले जानकारी दिए। “पुस्तक व्यवसायीलाई छिटोभन्दा छिटो पुस्तक सम्बन्धित विद्यालयमा वितरणका लागि भनिसकेका छौँ, विद्यालयलाई पनि विद्यार्थीको हातमा जतिसक्दो छिटो पुस्तक वितरण होस् भनेर निर्देशन दिइसकेका छौ,” पौडेलले भने।

पौडेलका अनुसार कक्षा ५ देखि ८ र १० को अङ्ग्रेजी माध्यममा बाहेक सबै पुस्तक जिल्ला आइसकेको छ। “यसका लागि आवश्यक पाठ्यपुस्तकको सङ्ख्या सङ्कलन भइसकेको छ र यो महिनाको अन्तिमसम्म अङ्ग्रेजी माध्यमका र संस्कृतका पुस्तक पनि आइपुग्छन,” उनले भने।

पाठ्यपुस्तक खरिद गरी विद्यार्थीमा वितरणका लागि विद्यालयमा ७५ प्रतिशत बजेट निकासा गरिसकिएको छ। “विद्यालयले भर्ना गर्दै पुस्तक वितरणको व्यवस्था मिलाएका छन्, कतिपय विद्यालयले अभिभावकलाई पुस्तक किन्नका लागि सूची दिने र अभिभावकले पुस्तक खरिद गरेर बिल ल्याएपछि विद्यालयले रकम उपलब्ध गराउने गरेका पनि छन्,” पौडेलले भने। तनहुँमा पाँच सय ५१ सामुदायिक र एक सय १९ निजी विद्यालय छन्।

पुस्तक व्यवसायी महासङ्घका केन्द्रीय सदस्य ताराराम श्रेष्ठका अनुसार ७० प्रतिशतभन्दा बढी पाठ्यपुस्तक जिल्लामा आइसकेको छ। तनहुँमा ६५ पुस्तक व्यवसायीमार्फत् पुस्तक विक्री वितरण हुँदै आएको छ। कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक निजी कम्पनीले छपाई गरेका कारण सबै पाठ्यपुस्तक आइसकेको उनले जानकारी दिए। जनक शिक्षा सामग्रीमार्फत् कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक ३० प्रतिशत पुस्तक आउन बाँकी छ।

Laxmi sunrise bank
kumari

आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालयले भर्ना अभियानसँगै विद्यार्थीलाई पुस्तक वितरण गरिरहेको छ। विद्यालयले चैत २८ गतेदखि भर्ना अभियान सुरु गरेको विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए। उनका अनुसार विद्यालयमा ६ र ७ को कम्प्युटरको पाठ्यपुस्तक आउन बाँकी छ। त्यस्तै कक्षा ९ र १० को ऐच्छिक विषयतर्फको २० जना विद्यार्थी रहेकामा आठ पुस्तक आउन बाँकी छ।

“भर्ना हुने विद्यार्थीलाई तत्कालै पाठ्यपुस्तक दिइरहेका छौँ, आउन बाँकी पुस्तक पनि दुई/चार दिनभित्र आउने खबर पाएका छौ, आउनेबित्तिकै विद्यार्थीलाई उपलब्ध गराउँछौ,” गुरुङले भने।    -रासस

प्रकाशित: Apr 17, 2023| 19:28 सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्