शनिबार, मंसिर १५, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बैशाख ६ र ७ गते भिटामिन ए तथा जुकाको औषधि खुवाइने

 |  आइतबार, वैशाख ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

काठमाडौं- सरकारले बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ।

himalayan bank box

६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आफ्‍ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र  जुकाको औषधि खुवाउन मन्त्रालयको आग्रह छ।

सरकारले हरेक वर्ष बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ। कोरोना संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयले भौतिक दुरी काम गरी, अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरेको छ।

प्रकाशित: Apr 16, 2023| 18:35 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्