बिहीबार, फागुन २८, २०८२

बाग्लुङमा स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या

 |  आइतबार, वैशाख ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३, २०८०

बाग्लुङ- बाग्लुङको काठेखोला गाउँपालिका-२ भीमापोखरामा रहेको स्वास्थ्य चौकीमा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या हुँदै गएको छ। जिल्ला सदरमुकाम बाग्लुङ बजार नजिकै रहेको यस स्वास्थ्य चौकीमा एक स्वास्थ्यकर्मीले मात्रै सेवा दिँदै आएका छन्। 

National life

स्वास्थ्य चौकी प्रमुखसमेत रहेका आशिष सापकोटाले माघदेखि एक्लै सेवा दिँदै आएका छन्। यस स्वास्थ्य चौकीमा दुई अनमी, दुई अहेब र एक हेल्थ असिस्टेन्टको दरबन्दी भए पनि अहिले एक्लै सेवा प्रवाह गर्नुपरेको उनले बताए।

स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर पनि छ। जनशक्ति नहुँदा बर्थिङ सेन्टर सञ्चालन हुनसकेको छैन। गर्भवतीलाई सुत्केरी गराउन बागलुङ बजार झर्नुपर्ने अवस्था छ। अहिले सापकोटासँग एक कार्यालय सहयोगी कार्यरत छन्। दैनिक २० जना बिरामी आउने गरेकामा गर्मी बढेसँगै बिरामी सङ्ख्या बढ्न थालेको बताइएको छ।

‘दिनदिनै बिरामी थपिनु हुन्छ, स्वास्थ्यकर्मी म एक्लै छु, एक्लै बिरामीकौ जाँच र उपचारमा समस्या पर्ने गरेको छ, कहिलेकाहीँ एउटा बिरामीको उपचार गर्न दुई÷तीन जनाको आवश्यक पर्छ’, सापकोटाले भने, ‘कहिले तालिम हुन्छ, कहिले बिदा लिनुपर्ने हुन्छ, त्यो बेलामा स्वास्थ्यचौकी नै बन्द गर्नुपर्छ, आफै पनि बिरामी भइन्छ, अहिले साह्रै समस्या छ, बिरामीको सङ्ख्या पनि बढिरहेको छ, बिरामी लाइन बस्नुपर्छ, लाइनमा बस्दा पनि समस्या हुने गरेको छ।’

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रामचन्द्र लामाले अहिले नयाँ स्वास्थ्यकर्मी नियुक्त गर्ने अवस्था नभएको जानकारी दिए। अगामी असार मसान्तसम्म अन्य स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी लिएर तत्कालको समस्या समाधान गर्ने लामाले बताउँछन्।

Laxmi sunrise bank
kumari

उनी भन्छन्, ‘यहाँ समस्या परेको छ, अहिले भर्खरै नयाँ राख्न पनि नसकिने, आन्तरिक समस्याले गर्दा अब समाधानको उपाय त खोज्नै पर्‍यो, त्यसले गर्दा पालिकाका अन्य स्वास्थ्य चौकीबाट केही समयका लागि स्वास्थ्यकर्मी लिएर व्यवस्थापन गर्छौं, असार मसान्तपछि नयाँ स्वास्थ्यकर्मी करारमा लिएर भए पनि व्यवस्थापन गर्छौं।’

प्रकाशित: Apr 16, 2023| 21:28 आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्