शनिबार, भदौ ६, २०८३

तनहुँबाट लागूऔषधसहित चार जना पक्राउ 

प्रहरीले लागुऔषधसहित तनहुँबाट चार जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, वैशाख २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २, २०८०

काठमाडौं- प्रहरीले लागुऔषधसहित तनहुँबाट चार जनालाई पक्राउ गरेको छ। शुक्लागण्डकीमा तीन र आँबुखैरेनीबाट एक जनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो।

शुक्लागण्डकी नगरपालिका– ४ दुलेगौडा स्थित चुईकुना होटल ऐण्ड रेष्टुरेन्टमा कास्की पोखरा महानगरपालिका–३० बस्ने ४४ वर्षीय चन्द्र बहादुर गुरूङ, शुक्लागण्डकी –२ कोत्रे बस्ने ३५ वर्षीय सुरज गुरूङ र शुक्लागण्डकी– ४ दुलेगौडा बस्ने ३४ वर्षीय खिम नारायण श्रेष्ठलाई  लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहन बहादुर खाँणले जानकारी दिए ।

उनीहरुले साथमा लुकाई ल्याएको झोलाभित्र लागु औषध डाईजापाम ४३ एम्पुल,फेनारागन ४३ एम्पुल, नुर्फिन ४३ एम्पुल गरी जम्मा १२९ एम्पुल लागूऔषध र एघार हजार फेला परेकोले लागूऔषधसहित कारोबारमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

त्यस्तै आँबुखैरेनी गाउँपालिका–४ बेनीटार स्थित पृथ्वीराजमार्गमा सवारी जाँच गर्ने क्रममा १० किलो ८७५ ग्राम गाँजा सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।  जिल्लाको लमजुङ राईनास–८ घर भएका २५ वर्षीय सरोज श्रेष्ठले झोलामा लुकाई ल्याएको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको हो ।

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ६१२ न.को बस रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार  श्रेष्ठको झोलामा गाँजा भेटिएको डिएसपी खाँणले बताए । लागुऔषधसहित पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित: Apr 15, 2023| 10:10 शनिबार, वैशाख २, २०८०
प्रतिक्रिया दिनुहोस्