काठमाडौं- माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’की आमामाथि गए राति गोली प्रहार भएको थियो। गए राति बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरले गोली प्रहार गरेकोमा उनलाई प्रहरी प्रधान कार्यालयमा लगिएको छ।
गए राति बालुवाटारमा ७४ वर्षीय तिर्थमाली पुन मगरलाई सहायक हबलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका थिए। उनको खुट्टामा गोली लागेको छ।
प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाशले गए राति १० बजेतिर निवासमा गएर गोली प्रहार गरेका हुन्। घाइते तिर्थमालीको ट्रमा सेन्टरमा उपचार हुँदैछ। प्रहरी सहायक हवल्दार प्रकाश पुन वर्षमानका नातेदार पनि हुन्। उनी तिर्थमालीका नाति नाता पर्छन्।