शनिबार, भदौ ६, २०८३

विमानस्थलबाट ब्राउनसुगर बरामद

बाँकेको नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगर बरामद गरिएको छ। 
 |  शनिबार, वैशाख २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २, २०८०

जानकी- बाँकेको नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगर बरामद गरिएको छ। 

शुक्रबार बिहान ९ बजे विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले जाँचका क्रममा एक युवकको साथबाट ब्राउनसुगर बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय अमुल क्षत्रीको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको थियो। 

श्री एरलायन्सबाट काठमाडौंतर्फ जान लागेका क्षेत्रीको साथबाट ४५ ग्रामको ब्राउनसुगर फेला पारेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रामबहादुर घर्ती मगरका अनुसार क्षेत्रीलाई थप अनुसन्धानका लागि थुनामा राखिएको छ। रासस

प्रकाशित: Apr 15, 2023| 06:58 शनिबार, वैशाख २, २०८०
प्रतिक्रिया दिनुहोस्