दाङ- दाङको तुलसीपुरमा आगोको जलेर एक जनाको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका–३ साततलेका ५८ वर्षीय बलिराज ऐरीको आगोले जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
घटनास्थलमा रक्सी बनाउन प्रयोग गरिने भाँडाकुँडा र जाँड भेटिएकाले ऐरीको रक्सी पार्ने क्रममा आगोमा परेर ज्यान गएको हुन सक्ने प्रहरी अनुमान छ।