बिहीबार, फागुन २८, २०८२

नर्भिक अस्पतालमा एक साता विशेष छुट

 |  शुक्रबार, वैशाख १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १, २०८०

काठमाडौं-  नर्भिक इन्टरनेशनल अस्पतालले विशेष छुट दिने भएको छ। आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा अस्पतालले विशेष छुट दिने लागेको हो।  
अस्पतालले सबै स्वास्थ्य प्याकेजमा वैशाख १  देखि ८ गतेसम्म एकसाताका लागि ३० प्रतिशत छुट दिने भएको हो।  तर, अस्पतालले केही सेवामा एक महिनासम्म छुट दिने जनाएको छ। अस्पतालका अनुसार केही सेवामा एक महिनासम्म ३० प्रतिशत छुट दिने भएको हो। 

National life

अस्पतालका अनुसार लेजर र हाइड्रा फेसियल, आइभिएफ (फर्टिलिटी प्याकेज) र म्यामोग्राफीमा एक महिनासम्म ३० प्रतिशत छुट दिने जनाएको छ। त्यस्तै अस्पतालले वैशाख महिनामा काठमाडौँ र काठमाडौँ बाहिर गरी चार वटा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

यस्तै अस्पतालले गुणस्तरीय र विश्वस्तरीय स्वास्थ्य सेवा दिएको दाबी गरेको छ। अस्पतालका अध्यक्ष राजेन्द्र बहादुर सिंहले नर्भिक उच्च प्रविधि प्रयोगशाला सेवासहित मान्यता प्राप्त तथा मापदण्ड पूरा गर्ने नेपालको पहिलो अस्पताल भएको दाबी गरेका छन्। 

उनले भने, ‘यहाँ क्याथेटराइजेशन स्याब स्थापना गर्ने देशकै पहिलो निजी अस्पताल हो। यहाँ स्तरीय इन्भेसिभ र नन इन्भेसिभ कार्डियाक सुविधा छ।’ यस्तै, उनले परीक्षण प्रयोगशाला र फोहोर व्यवस्थापन प्रणाली लागू गर्ने पहिलो निजी अस्पताल नर्भिक भएको बताए।  
 

प्रकाशित: Apr 14, 2023| 15:30 शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्