शुक्रबार, माघ २, २०८२

गुगलम्यापले फेला पार्यो परपुरुषसँग सल्किएकी श्रीमती !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
पेरु- गुगलम्यापको सहायताले आफ्नी श्रीमती परपुरुषसँग आत्मीयता बढाउँदै गरेको देखेका एक पुरुषले अन्ततः सोही आधारमा सम्बन्ध विच्छेद गरेका छन्।

दक्षिण अमेरिकी मुलुक पेरुको राजधानी लिमाका ती पुरुषले पत्नीको विवाहेत्तर सम्बन्ध रहेको प्रत्यक्ष जानकारी गुगलम्यापबाट लिएका थिए। ‘गुगल स्ट्रिट भ्यु फोटो’मा उनले एक
परिचत अनुहार देख्न पुगे। त्यो अनुहार अरू कसैको नभई आफ्नै श्रीमतीको थियो। 

२१ औं शताब्दिमा सञ्चार प्रविधिले फड्को मारिसकेको छ। त्यही विकासको फन्दामा परिन्, ती महिला। विकसित मुलुकहरूमा गुगल म्यापबाट हरेक व्यक्ति आफ्नो गन्तव्य
पहिल्याउन सक्षम भएका छन्।

गुगलम्याप हेर्दै समय बिताइरहेका ती पुरुषले सेतो टप्स, जिन्स र हिलमा सजिएकी एक महिलाले पुरुषलाई आफ्नो काखमा राखी उनको टाउको सुम्सुमाउँदै आराम गरिरहेको देखे।
उनलाई त्यो दृष्यले आकर्षित गर्यो। 

तर, त्यतिबेला पुर्पुरोमा हात राख्न पुगे, जब उनले जुम गर्दै ती महिला-पुरुषको मस्तीलाई नजिकबाट हेर्न चाहे। महिला त आफ्नै श्रीमती पो रहिछन्। उनी आफ्नी श्रीमती नै भएको
पुष्टि गर्न उनले उक्त दृष्यलाई ‘प्रिन्ट स्क्रिन’ गरे। र, सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरे। र, उनका साथीहरूले कमेन्ट गरे, ‘यो एक सानो संसार हो।’ 

विकसित मुलुकमा पनि श्रीमती आफूप्रति इमानदार नरहेका पाइए अपमानजनक मानिन्छ। र, त्यही अपमान खप्न नसकेका पुरुषले सम्बन्ध विच्छेदको बाटो रोजे।

गुगल म्यापले दिएको एक अत्याधुनिक सुविधा हो, स्ट्रिट भ्यु। यसमार्फत् सवारी साधनहरू कार, बाइक र स्नो मोबाइलहरूका ३६० डिग्रीका दृष्य क्यामेरामा कैद हुन्छन्।

ती महिलाले परपुरुषसँग मस्ती गरिरहेका तस्बिरहरू गुगल क्यामेराले सन् २०१३ मा खिचेर भरखरै आफ्नो पेजमा राखेको थियो। पारपाचुकेका क्रममा ती महिलाले पनि आफ्नो
परपुरुषसँग सम्बन्ध रहेको स्वीकारेकी छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...