आइतबार, वैशाख २०, २०८३

१२औं जनगणना : ९२.२ प्रतिशत घरपरिवारमा बिजुलीको पहुँच

 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

National life

सबै घरपरिवारमा बिजुली पुर्‍याउने सरकारको लक्ष्य क्रमशः पूरा हुने चरणमा पुगेको छ। कूल ९२ दशमलव दुई प्रतिशत घरपरिवारमा बत्ती बाल्नका लागि बिजुलीको प्रयोग भएको पाइएको छ। आफू बसोबास गरेको घर तथा आवासीय इकाइमा बत्ती बाल्न मानिसले बिजुली प्रयोग गरेका छन्।

दश वर्षपहिले बिजुली प्रयोग गर्ने परिवार मात्रै ६७ दशमलव तीन प्रतिशत मात्रै थिए। बत्ती बाल्न सोलार, सौर्य ऊर्जा प्रयोग गर्ने परिवार छ दशमलव छ प्रतिशत छन्।

यस आधारमा हेर्दा स्वच्छ ऊर्जाको पहुँच ९८ दशमलव आठ प्रतिशत बराबर हुन पुगेको। मट्टीतेल र अन्य इन्धन प्रयोग गर्ने परिवार एक प्रतिशतभन्दा कम रहेको छ।

प्रकाशित: Mar 24, 2023| 19:16 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्