मंगलबार, वैशाख ३०, २०८२

सबैका लागि खुल्यो रानीपोखरी

तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन।
 |  शुक्रबार, चैत १०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

vianetvianet
triton college
National life insurance

काठमाडौं- रानीपोखरी पुनर्निर्माणपछि पहिलोपटक सर्वसाधारणको लागि खुला गरिएको छ। महानगर प्रहरीले सरसफाइ गरेर सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको हो। रानीपोखरीमा अब सर्वसाधारण बिनाटिकट जान पाउनेछन्। 

२०७२ सालको भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरी रानीपोखरीलाई पुरानै स्वरुप दिइएको छ। तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन।

लामो समय बन्द हुँदा र मर्मतसम्भार पनि नहुँदा झारपात उम्रिएर रानीपोखरी कुरुप बनेको थियो। अहिले भने सरसफाइ गरेर रानीपोखरी चिटिक्क पारिएको छ।

प्रकाशित: Mar 24, 2023| 10:12 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्