बिहीबार, असार ६, २०८१

बुलिङटारको बाँझो जमिन कागती खेतीले हराभरा

 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

मध्यविन्दु- भिरालो जमिनमा कागती र सुन्तलाले फुल खेल्न थालेको देखेपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्गटार गाउँपालिका–४ सिँचाङ्गका स्थानीय दङ्ग छन्।

triton college

कुनै समय बाँझो जमिन, झाडीले बारी छुट्याउन नमिल्ने, सिँचाइसहितका विविध समस्या झेलेका स्थानीय अहिले भने मेहेनत गरे आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्नेमा विश्वस्त भएका छन्। निर्वाहमुखी खेती गर्दै आएका यहाँका स्थानीयले रहरलाग्दा कागतीका बोट देखेर व्यवसायिक रुपमा कागती, सुन्तला लगाउने योजना बुनेका छन्।

देवचुली नगरपालिकाका दिपक चापागाईँ र देवी भुसालले विसं २०७६ मा लगाएको कागतीले फुल खेल्न थालेपछि भिराला जमिन हरियाली देखिएका छन्। खेती उब्जनी भएन भनेर छाडेका, झाडीले भरिएका पाखा कागतीका बोटले भरिएपछि स्थानीयमा अब बाँझो जमिन नराख्ने भन्ने सोच आएको हो। पैतालीस वर्षीय टिकिसरा थापा मगरलाई पहिले झाडी भएको जग्गामा किन खेती गर्न लागेको होला भन्ने लागेको थियो। भिरालो जमिनमा मल र पानी नअडिने हुँदा बाली लगाउन समस्या भएपछि बारी बाझै छाड्ने गरेको थापाले बताए।

‘एक वर्षमा आधा वर्ष यहाँ भएको उब्जनीले खान पुग्दैन, कुखुरा, बाख्रा, बङ्गुर बेचर खानुपर्छ, आम्दानीको स्रोत भनेको नै यही हो’, उनले भने, ‘अब डाँडापाखाको जमिनमा पनि मेहेनत गर्न सके आम्दानी गर्न सकिन्छ भन्ने बल्ल सोच आएको छ, भिरालो जमिनमा पनि कागतीखेती हुने थाहा भयो अब जमिन बाझो नराख्ने योजना छ।’

कागतीले डाँडापाखाको मुहार परिवर्तन भएको देखेर भुषाल कृषि फर्ममा काम गर्दै आउनुभएका स्थानीय रेखबहादुर राना मगरलाई विदेश नगएर यहीँ कर्म गरेकामा खुसी लागेको छ। तीन वर्ष मलेसिया बसेर घर फर्किनुभएका ३१ वर्षीय राना फेरि विदेश जाने तयारीमा छन्।

Metro Mart

गाउँमा नै फर्म सञ्चालन गर्ने र काम पाउने भएपछि उहाँ विदेश त जानु भएन् तर भिरालो र झाडी भएको पाखामा खेती हुन्छ भन्नेमा भने उनलाई विश्वास पनि लागेको थिएन। मेहेनत गर्ने हो भने यहीँ राम्रो उत्पादन गर्न सकिने रैछ तर आवश्यक ज्ञान, सिप र अवसरको खाँचो रहेको रेखबहादुरको भनाइ छ। हिजो आज रेखबहादुर जिल्लाका विभिन्न स्थानसँगै चितवन, लमजुङसम्म बिरुवा कलमी गर्न जाने गरेकाा छन्। ‘विदेशमा जत्ति गर्ने मेहेनत पनि गर्नुपरेको छैन, अहिले फर्मको मासिक तलबसँगै बिरुवा कलमी गरेर आम्दानी गर्ने अवसर मिलेको छ’, उनले भने।

बुलिङ्गटार–४ सिँचाङ्गमा भुषाल कृषि फर्म दर्ता गरी भुसालले २०७६ देखि कागतीखेती शुरु गरेको हो। बजार मुल्य राम्रो रहेको सुनकागती–१ जातका कागती अहिले यहाँ फुलिरहेका छन्। अहिले फुलेका कागती अब साउनमा बिक्रीका लागि तयार हुने गर्दछ। सत्तरी रोपनीमा दुई हजार कागतीका बिरुवा फुलेका छन्। त्यसमध्ये एक हजार कलमी र एक हजार विजु बिरुवाका कागती हुन्। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र कृषि ज्ञान केन्द्रबाट बिरुवा, सिँचाइका लागि टङ्की, पाइप विस्तार लगायतमा सहयोग पाएको सञ्चालक भुसालले बताए।

लिफ्टिङ्ग मार्फत प्रत्येक बिरुवामा सिँचाइका लागि पाइप विस्तार गरिएको छ भने आवश्यक मलका लागि फर्ममा नै पाडासमेत पालिएको छ। ‘पहिलो वर्ष दुई हजार बिरुवाबाट करिब १५ क्वीन्टल कागती हुने अपेक्षा गरिएको छ’, फर्मका सञ्चालक भुसालले भने।

यस्तै बौदीकाली गाउँपालिका वडा नं ६ नेवारबारीमा सुन्तलाको बगैंचा रहेको छ। यहाँ ३५ रोपनी क्षेत्रफलमा एक हजार सुन्तलाका बोटमा फुल खेल्दै छन्। पाँच रोपनीमा सुन्तला र कागतीको नर्सरी छ। सुनकागती–१ र सुनकागती–२, स्थानीय जातका सुन्तलाका बिरुवा कलमी र विजु गरेका २५ हजार बिरुवा हुर्किरहेका छन्।

वैदेशिक रोजगारीबाट फर्किएर विभिन्न क्षेत्रमा काम गरे पनि स्वदेशमा नै आत्मनिर्भर बन्न कृषिमा नै लाग्नपर्ने देखेपछि चापागाईँले सफल कृषि फर्म दर्ता गरी सुन्तलाखेती शुरु गरेको बताए। ‘जिल्लामा नर्सरी नहुनु, स्वस्थ बिरुवा पाउन गाह्रो, अन्यत्रबाट ल्याउँदा बिरुवा हुर्काउन समस्या भएको हुँदा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको समन्वयमा २०७७ देखि नर्सरी शुरु गरेको हो’, फर्मका सञ्चालक चापागाँईले भने।

सुन्तला र कागतीको बगौचा खेती गरेका किसानलाई आवश्यक बिरुवा र नयाँ बगैचा निर्माण गर्न चाहने किसानलाई पनि सुन्तला र कागतीका बिरुवा खोज्न अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको चापागाईँले बताए। ‘कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदानसहित रु दुई करोडको लगानीमा बगैंचा र नर्सरी खेती गरिएको हो’, उनले भने।

प्रकाशित: Mar 20, 2023| 21:16 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्