शुक्रबार, वैशाख १८, २०८३

देउखुरी क्याम्प्समा अखिलको संयुक्त प्यानल विजयी

स्ववियु चुनावअन्तर्गत दाङको देउखुरी बहुमुखी क्याम्पसमा अखिलको संयुक्त प्यानल विजयी भएको छ।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

दाङ- स्ववियु चुनावअन्तर्गत दाङको देउखुरी बहुमुखी क्याम्पसमा अखिलको संयुक्त प्यानल विजयी भएको छ। नेपाल विद्यार्थी संघका उम्मेदवारलाई हराउँदै अखिलको संयुक्त प्यानल विजयी भएको हो।

National life

अखिलका भरत भुसालले १३५ मतले विजयी भएका छन्। भुसालले ४५४ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका शिशिर वलीले ३१९ मत प्राप्त गरेका छन्।

यसैगरी, सचिमाव विकास भट्टराई निर्वाचित भए। उनले ४२० मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नेविसंघका चन्द्रमान यादवले ३३९ मत प्राप्त गरे।

कोषाध्यक्षमा विशाल पौडेलले ३८३ मत प्राप्त गर्दै निर्वाचित भए। प्रतिद्वन्द्वी सरिना खातुनले २६९ मत प्राप्त गरिन्।

सदस्यमा मोनिका बुढामगर(४२३), उर्मिला चौधरी(४२७), निर्मला खनाल(४२६), विना पोख्रेल(४०२), पुष्पा पोख्रेल(४१६), पवन वली(४२०), राहुलदेव चौधरी(४२७) मत प्राप्त गर्दै विजयी भएका छन्।

प्रकाशित: Mar 20, 2023| 09:00 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्