बिहीबार, असोज ११, २०८०

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि ७ घण्टाको निद्रा पनि पर्याप्त हुने देखाएको छ।
 |  मंगलबार, पुस १२, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

काठमाडौं– स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि ७ घण्टाको निद्रा पनि पर्याप्त हुने देखाएको छ। ३८ र ७३ वर्षको उमेरबीचका ५ लाख वयस्कहरुमा गरिएको अध्ययनमा निकै बढी र निकै कम निद्रा मानसिक स्वास्थ्यसँग सम्बन्धित रहने पाइएको हो। यस्तो अवस्थामा पर्याप्त सुत्नु जरुरी छ।
 

sagarmatha cement

क्याम्ब्रिज विश्वविद्यालयको मनोचिकित्सा विभागकी प्राध्यापक बारबरा सहकियनका अनुसार सात घण्टा सुत्नु पनि मध्यम उमेरका मानिसका लागि पर्याप्त हुन्छ। निदाउने क्रममा हाम्रो मस्तिष्कमा हुने प्रक्रिया शारीरिक र मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ।
 

जति–जति मानिसको उमेर बढ्दै जान्छ, निद्राको प्याट्रन पनि परिवर्तन हुँदै जान्छ। जसमा निदाउन समस्या हुने र निद्राको गुणस्तरजस्ता कुराहरु हुन्छन्। निद्राको गडबडीले मनोवैज्ञानिक समस्या पनि निम्त्याउँन सक्छ।
 

‘नेचर एजिङ’ मा प्रकाशित यो अध्ययनअनुसार बेलायत र चीनका वैज्ञानिकहरुले युके बायोबैंकमा रहेका ३८ देखि ७३ वर्षको उमेरका करिब ५ लाख वयस्क मानिसको तथ्यांक परीक्षण गरे। अध्ययनमा सहभागी गराइएकाहरुबाट सुत्ने प्याट्रन, मानसिक स्वास्थ्य र कल्याणका बारेमा सोधियो। करिब ४० हजार सहभागीहरुका मस्तिष्कका इमेजिङ र आनुवंशिक तथ्यांक उपलब्ध गराइएको थियो। ती तथ्यांक विश्लेषण गर्दा टीमले अपर्याप्त र अत्यधिक निद्रा दुवै बिग्रँदा मानिसको ज्ञान, ध्यान र स्मरणसँग सम्बन्धित समस्या निम्तने गरेको पाइयो।
 

कम्तीमा ७ घण्टा निदाउँदा मानसिक स्वास्थ्य राम्रो बन्छ। साथै मानिसमा रहेको चिन्ता र डिप्रेसनलाई हटाउँछ। मस्तिष्कमा रहेका विषाक्ततालाई हटाउन मद्धत गर्छ। यसले स्मरणशक्ति बढाउँछ र मजबूत पार्छ। तर ध्यान दिनुपर्ने कुरा के छ भने सुताईका क्रममा पूरा निद्रा निदाउनुपर्छ र उतारचढाव हुनुहुँदैन।
 

७ घण्टाको निद्राले मस्तिष्कलाई स्वास्थ्य राख्छ र शारीरिक स्वास्थ्यलाई कायम राख्छ।
 

प्रकाशित: Dec 27, 2022| 06:52 मंगलबार, पुस १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।