बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • नेकपा एसलाई आयोगले सोध्यो स्पष्टीकरण, फेरि उद्धाटन हुँदै मेलम्ची [२०७८-१२-२८]

नेकपा एसलाई आयोगले सोध्यो स्पष्टीकरण, फेरि उद्धाटन हुँदै मेलम्ची [२०७८-१२-२८]

उता नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनाले बैकिङ प्रणालीमा तरलताको चाप रहेकाले केही समय धैर्य गर्नु पर्ने बताएकी छन्।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

काठमाडौं- सोमबारका प्रमुख घटनाक्रम सहितको नेपाल समय समाचारका मुख्य शीर्षकहरूः

triton college

ठाउँ र अवस्था अनुसार स्थानीय तह चुनावमा तालमेल गर्न गठबन्धनका ५ दलको आह्वान, लुम्बिनीमा गठबन्धनका दलले अन्य दलसँग तालमेल गर्न नपाउने। 

अर्थतन्त्रमा संकट आएको भनेर राजनीतिकरण गरी हतोत्साही बनाइएको अर्थमन्त्रीको आरोप, विस्तारै सुधार आउने भएकाले धैर्य गर्न कामु गभर्नरको आग्रह। 

आचारसंहिता उल्लंघन गरेको विषयमा नेकपा एसलाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण, चुनावमा ६ करोड खर्च भएको अभिव्यक्ति दिने कोइराला पनि विवादमा। 

निवर्तमान प्रधानमन्त्री खानसहित सबै सांसदले सामूहिक राजीनामा पीटीआईको निर्णय, विरोधीहरूसँग विधानसभामा सँगै बस्न नसक्ने र स्वतन्त्रताको लडाई जारी राख्ने दाबी। 

corrent noodles
Metro Mart

एएफसी एसियन फुटसल कप छनोटमा ताजकिस्तानसँग नेपालको फराकिलो हार, ११-१ को पराजयसँगै अर्को चरण पुग्नबाट नेपाल बञ्चित। 

अब समाचार विस्तारमा

सत्तारुढ पाँचदलीय गठबन्धनको अपिल

सत्तारुढ पाँच दलीय गठबन्धनले ठाउँ र अवस्था अनुसार स्थानीय तह निर्वाचनमा तालमेल गरेर अघि बढन गठबन्धनमा आबद्ध दलका नेता, कार्यकर्तालाई आह्वान गरेको छ। 

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको सत्ता गठबन्धन बैठकले अपिल जारी गर्दै देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परम्पर सहयोगको भावनाले अघि बढन पाँच दलका सबै नेता, कार्यकर्तालाई आह्वान गरेको हो। 

पाँच दलीय गठबन्धनले आफ्ना उम्मेदवारहरुलाई अमूल्य मत दिई विजयी गराउन पनि आम जनसमुदायलाई आग्रह गरेको छ। देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै राष्ट्रको स्वाधीनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीयबासीहरुको कठिनाई हटाउँदै तिनका आवश्यक्ता परिपूर्ति गर्नका लागि आगामी स्थानीय तह निर्वाचनमा पनि तालमेल गरेर अघि बढने घोषणा गरिएको पनि स्पष्ट पारिएको छ। 

उता लुम्बिनी प्रदेशमा भने सत्ता गठबन्धनका दलले अन्य पार्टीसँग चुनावी एकता वा तालमेल गर्न नपाउने निर्णय गरेका छन्। सोमबार लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयमा बसेको गठबन्धनको बैठकले पाँच दलीय गठबन्धन मजबुद बनाउन सहमती जनाउँदै अन्य कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको हो। 

बैठकले चुनावी गठबन्धनका सबै दलको प्रतिनिधित्व रहने गरी संयुक्त चुनाव प्रचार संयन्त्र गठन गर्ने, जिल्ला स्तरीय गठबन्धन संयन्त्रको बैठकबाट सहमति कायम गरी रिपोर्ट प्रदेशमा पठाउनका आग्रह गर्ने निर्णयसमेत गरेको छ। 

बैठकमा  नेपाली कांग्रेस लुम्बिनीसभापति अमरसिंह पुनमगर, नेकपा माओवादी केन्द्र लुम्बिनी अध्यक्ष सुदर्शन बराल, नेकपा एकीकृत समाजवादी लुम्बिनीका सचिव राजु गुरुङ, जनता समाजवादी पार्टी लुम्बिनी अध्यक्ष अशोकुमार यादव र राष्ट्रिय जनमोर्चा नेपाल उपाध्यक्ष बद्री आलमको सहभागी थिए। 

आर्थिक संकट आएको छैन : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा ठूलो संकट नआएको दाबी गरेका छन्।

सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका मन्त्री शर्माले चालू आर्थिक वर्षको अहिलेसम्मका आर्थिक सूचकांकहरु प्रस्तुत गर्दै बाहिर हल्ला भएजस्तो अर्थतन्त्र नबिग्रिएको दाबी गरेका हुन्।

अर्थतन्त्रमा ठूलो संकट आएको भनेर राजनीतिकरण गरी जनतालाई हतोत्साही बनाउने काम भएको उनको आरोप छ।

पत्रकार सम्मेलनमा अर्थमन्त्रीले अर्थतन्त्रमा संकट आउन नदिन विभिन्न उपाय अवलम्बन गरिएको बताए। सरकारी कर्मचारीको इन्धन सुविधा २० प्रतिशत कटौती गरिएको जानकारी उनले दिए। 

उता नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनाले बैकिङ प्रणालीमा तरलताको चाप रहेकाले केही समय धैर्य गर्नु पर्ने बताएकी छन्। 

सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित्त सम्मेलनमा बोल्दै डा ढुङ्गानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नु पर्ने बताएकी हुन्। 

तरलता तथा ब्याजदरमा आएको उतारचढावको कारण समग्र अर्थतन्त्र र जनताले पिडा भोग्नु परेको कायम मुकायम गभर्नर ढुङ्गानाको भनाइ छ।  उनले विस्तारै सबै कुरामा सुधार आउँदै जाने बताइन्। 

का.मु गभर्नर ढुङगानाले  समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुद पनि अझै १८ प्रतिशत जनसंख्या गरिवीको रेखामुनि रहेको बताएकी थिइन्। लघुवितले गरिवी र लक्षित समुदायको आर्थिक पुनउत्थान गर्न लंगिक हिंसा र महिला ससक्तिकरणलाई टेवा तथा आर्थिक असमानतालाई कम गर्ने काममा महत्वपूर्ण भुमिका खेलेको उनको भनाइ छ। 

नेकपा एसलाई स्पष्टीकरण

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीलाई तीन दिने स्पष्टीकरण सोधेको छ। 

सोमबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा आयोगले यस्तो जानकारी दिएको हो। गत चैत्र २६ गते काठमाडौंमा आयोजित पार्टीको आमसभामा निर्वाचन आचारसंहिता उलंघन गरेको भन्ने उजुरी आएको उल्लेख गर्दै आधार प्रमाणसहित ३ दिन भित्र चित्तबुझ्दो जवाफ दिन नेकपा –एकीकृत समाजवादी)लाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। 

त्यसैगरी आयोगले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भएको खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालासँग पनि जवाफ माग गरेको छ। 

कोइरालाले सो निर्वाचनमा ६ करोडभन्दा बढि खर्च भएको अभिव्यक्ति दिएका थिए। तर उनले आयोगमा पेश गरेको विवरणमा भने २१ लाख ७५ हजार मात्रै उल्लेख छ। त्यसको जवाफ ७ दिन भित्र पनि कोइरालाको ध्यानाकर्षण पनि गराइएको आयोगका प्रवक्ता पौडेलले बताए।

अनुसन्धान तथा प्राज्ञिक लगानी बढाउने प्रतिबद्धता

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान, प्रविधिका क्षेत्रमा अध्ययन, अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्था निर्माण गर्ने बताएका छन्। 

सोमवार काठमाडौंमा चैत्र २७ गतेबाट शुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। मुख्यमन्त्री पाण्डेले वागमती प्रदेशले उच्च शिक्षा सम्बन्धी विधेयक पास गरिसकेको र त्यसबाट विज्ञान प्रविधिको क्षेत्रमा लगानी गर्ने तथा विज्ञान प्रविधि अध्यापन गराउने विश्वविद्यालयहरु बनाउने कार्यमा प्रदेश लागि परेको दाबी गरे। 

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले पनि स्वास्थ्य क्षेत्रलाई सबल, सुदृढ एवं प्रभावकारी बनाउन आवश्यक ठोस तथा अनुसन्धानका कार्यहरुलाई निरन्तर अघि बढाउँदै लैजान आवश्यक रहेको बताएका छन्। उनले नेपालमा स्वास्थ्य क्षेत्रलाई सहज, सर्वसुलभ र दूरदराजका पहुँच विहीन जनताले पनि प्राप्त गर्ने गरी व्यवस्था गर्ने कुरामा जोड दिनुपर्ने बताए।

राज्यमन्त्री खापुङले नेपालको अहिलेको राजनीति अस्थिर नरहेको भन्दै स्वास्थ्य क्षेत्रमा भने स्थिरता कायम गर्नुपर्ने पनि बताएका छन्। 

फेरि उद्घाटन हुँदै मेलम्ची

मेलम्ची खानेपानी आयोजना दोस्रो पटक उद्घाटन हुने भएको छ। भोलि मंगलबार सिन्धुपाल्चोकको अम्बाथान अडिटमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा र खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गर्न लागेका हुन्।

मेलम्ची खानेपानी विकास समितिका अनुसार हेडवर्क्स र सुरूङ सफा गर्ने काम सकिएको छ। गत असारमा आएको बाढीले हेडवर्क्स पुरेको थियो भने सुरूङमा सामान्य क्षति पुगेको थियो। मंगलबार अम्बाथानबाट सुरूङमा पानी हालिने र सो पानी सुन्दरीजलस्थित वाटर ट्रिटमेन्ट प्लान्टमा आइपुग्ने खानेपानी मन्त्रालयले जनाएको छ। काठमाडौंका धारामा पानी आइपुग्न भने एक–दुई दिन लाग्ने बताइएको छ।

गत वर्ष चैत १७ गतेबाट राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो। वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो। त्यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा जडान गरिएको धारा खोलेर मेलम्ची खानेपानीको उद्घाटन गरेकी थिइन्।

सुरूङ परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो भने त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो।

नेपालको लज्जास्पद हार

एएफसी एसियन फुटसल कप छनोटमा नेपालले ताजकिस्तानसँग फराकिलो हार व्यहोरेको छ। कीर्गिस्तानको राजधानीमा सम्पन्न दोस्रो खेलमा नेपालले ११–१ फराकिलो हार व्यहोरेको हो।

खेलको पहिलो हाफमै कीर्गिस्तानका अलिमखमदोव नकरुज र नेपालका विजय श्रेष्ठले रातो कार्ड पाएपछि नेपाली खेलाडीले पहिलो हाफमा अन्योलपूर्ण खेल प्रस्तुत गरेका थिए। 

यो हारसँगै नेपाल अर्को चरणमा पुग्नबाट बञ्चित भएको छ। एसियन फुटसल छनोटमा समूह बीअन्तर्गत सबैभन्दा बलियो टिमको रूपमा उज्ज्वेकिस्तान छ। 

विश्वकप खेलिसकेको हिसाबले उक्त टिम समूहमा बलियो मानिएको थियो। नेपालले पहिलो खेलमा उज्ज्वेकिस्तानको सामना गरेको थियो। उक्त खेलमा नेपालले ५–१ को हार सामना गरेको थियो।


प्रकाशित: Apr 11, 2022| 20:08 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।