शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • चीनसँगको सीमाबारे बोल्यो सरकार, संसद्‍को कार्यसूचीमा परेन एमसीसी [२०७८-१०-२५]

चीनसँगको सीमाबारे बोल्यो सरकार, संसद्‍को कार्यसूचीमा परेन एमसीसी [२०७८-१०-२५]

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। थापाले मंगलबार विज्ञप्ति जारी गर्दै आफू पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

चीनसँगको सीमा विवादबारे बोल्यो सरकार

triton college

चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने सरकारले जनाएको छ ।

मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा बाहिर ल्याउने बताएका हुन्। 

कुनै रिपोर्टका आधारमा नभएर वास्तविकताको आधारमा चीनसँगको सीमा विवादबारे सरकारले यथार्थ धारणा ल्याउने उनको भनाइ छ। मन्त्री कार्कीले सरकार छिमेकी देशहरुसँग सिमा समस्या आउन नदिनको लागि प्रयत्नशील रहेको पनि उल्लेख गरेका थिए। 

प्रवक्ता कार्कीले भारत र चीनसँगको सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सरकारले समाधान गर्ने बताए। यसअघि सरकारले गठन गरेको अध्ययन समितिले चीनले पनि नेपालको क्षेत्रमा तारबार लगाएको भन्दै प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदन अझसम्म पनि सरकारले सार्वजनिक गरेको छैन। 

corrent noodles
Metro Mart

 कार्यसूचीमा परेन एमसीसी

लामो समयदेखि सूचना टाँस गर्दै स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक भोलि बुधबार बस्ने भएको छ। दिउँसो १ बजेका लागि तय भएको बैठक बोलाइएको हो। 

यसअघि सभामुख अग्नि सापकोटाले संसद्‍मा बैठकमा पेस गर्ने कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए। समितिले बुधबारको बैठकका लागि दुई कार्यसूची तय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ। 

उता सरकारले भने भोलि नै एमसीसीको सम्झौता संसदमा टेलब गर्नका लागि सभामुखलाई आग्रह गरेको थियो। तर सभामुखले उक्त विषयलाई अढाई विषयलाई रोक्दै आएका छन्।  एमालेले संसद् अवरुद्ध गर्दै आएको भन्दै सभामुख तत्काल एमसीसीलाई संसद्‍मा प्रस्ताव गर्न नहुने अडान राख्दै आएका छन्। 

सापकोटालाई सभामुख बनाएको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास गर्ने भन्दै अमेरिकालाई पत्र लेख्ने र यथास्थितिमा पारित गर्न नहुने अभिव्यक्ति दिएर दोहोरो चरित्र प्रस्तुत गर्दै आएका छन्। 

स्थानीय निर्वाचनको मिति तोकेपनि ऐन संशोधन गर्न माग

नेकपा(माओवादी केन्द्र)का नेता देव गुरुङले आगामी बैशाख ३० गते स्थानीय निर्वाचन गरे पनि कानुन संशोधन गर्नैपर्ने दाबी गरेका छन्।

स्थानीय तह निर्वाचन सम्बन्धी ऐनमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा २ महिना पहिले नै निर्वाचन गर्नुपर्ने उल्लेख भएकाले उक्त व्यवस्था संशोधन नगरी चुनाव गर्न नहुने बताएका हुन्। 

राजधानीमा आयोजित एक कार्यक्रममा बैशाख ३० गते निर्वाचन गर्दापनि कानूनी जटिलता आउन सक्ने भएकाले संशोधन गर्नुको विकल्प भनएको उनको भनाइ छ। ऐन संशोधन सम्भव नभएमा संविधानको व्यवस्था अनुसार कार्यअवधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने धारणा उनले व्यक्त गरे। 

प्रधानमन्त्रीले सहमति बिना एमसीसी परियोजना अगाडि बढाए गठबन्धन स्वतः समाप्त हुनेसमेत उनको चेतावनी छ। तर गठबन्धन टुटाएर एमसीसी अघि बढाउने पक्षमा प्रधानमन्त्री नभएको उनले विश्वास व्यक्त गरे। 

उता नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत अप्ठ्यारो पार्ने गरी एमसीसीको विषयलाई गिजोलिएको बताएका छन्। एमसीसी परियोजनासँग संलग्न राजनीतिक दलहरुले नै गलत प्रचारबाजी गरी भ्रम सिर्जना गराएको उनको आरोप छ। 

नेता विश्वकर्माले राष्ट्रिय सरोकारको विषय एमसीसी परियोजनालाई यथास्थितिमा राखेर गठबन्धन जोगाइराखेमा जनताले सत्तारुढ दलहरुलाई नपत्याउने बताए। 

कमल थापाले छोडे राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। थापाले मंगलबार विज्ञप्ति जारी गर्दै आफू पार्टीबाट अलग भएको घोषणा गरेका हुन्। 

अत्यन्त भारी मन तथा पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको थापाको विज्ञप्तिमा उल्लेख छ। थापाले पार्टीभित्र देखापर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गर्ने उत्कट चाहना भए पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि पार्टीबाटै अलग हुनुपरेको जिकिर गरेका छन्। 

थापा गत मंसिरमा सम्पन्न पार्टी महाधिवेशनमा अध्यक्ष पदमा भएको निर्वाचनमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए। अध्यक्षमा पराजित भएका थापाले पार्टी नेतृत्वलाई विभिन्न माग राख्दै आफूले नयाँ यात्राको थालनी गर्ने चेतावनी दिएका थिए। यस्तै आफू पराजित हुनुमा निर्मल निवासको हस्तक्षेप भएको उनको आरोप छ।

राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरूबाट प्राप्त सहयोग, सद्भाव र स्नेहप्रति आफू आभारी हुने र राप्रपाका कुनै पनि नेताप्रति वैरभाव नरहेको उनको दाबी छ। 

मन्त्री उमा पनि अनुगमनमा

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको अनुगमन गरेकी छन्। 

भुकटीमण्डपभित्र रहेका व्यापारीहरुले स्टल भाडा समेत नतिरेको पाइएपछि मन्त्री रेग्मीले मंगलबार दिउँसो हङकङ बजारसहित भाडामा लिएका अन्य भवनहरुको अनुगमन गरिन । त्यसक्रममा धेरैले भाडा नतिरेको पाइएको उनले बताइन । मन्त्री रेग्मीले सञ्चारकर्मीहरुमाझ भृकुटीमण्डपभित्र भाँडा नतिर्ने र अनियमितता गर्नेमाथि तत्काल कारबाही गर्ने चेतावनी समेत दिइन् । 

मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रको भाडा लगाउने काम विचौलियाहरुले गरिरहेको उल्लेख गर्दै अव सोझैं समाज कल्याण परिषदले भाडा सम्झौंता गर्ने व्यवस्था गर्न लागिएको बताइन्। 

मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रलाई व्यवस्थित बनाउन त्यहाँका साना व्यापारीहरुलाई पनि सहयोग गर्न पटकपटक आग्रह गरिन् ।

भारतका मुख्यमन्त्रीबीच जुहारी

भारतको नयाँ दिल्ली र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संसद्मा दिएको अभिव्यक्तिलाई लिएर उनीहरूबीच भनाभन नै चलेको छ।

मोदीले संसद्मा सन् २०२० को मार्चमा लकडाउन घोषणा गरेपछि महाराष्ट्र र नयाँ दिल्लीका सरकारले आप्रवासी कामदारलाई घर जान दिएकाले कोरोना भाइरस धेरै फैलिएको बताएका थिए।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मोदीको कुरा सरासर झुट भएको भन्दै प्रतिवाद गरेका छन्। उता आफ्नो पार्टीका प्रधानमन्त्री मोदीको कुरालाई केजरीवालले झुटो भनेपछि युपीका मुख्यमन्त्री आदित्यनाथ योगी आक्रोशित बनेका हुन्। ट्विटरमा यी दुवै प्रदेशका मुख्यमन्त्रीहरुको कटाक्ष छ । 

योगीले लकडाउनका बेला युपीका कामदारलाई केजरीवाल सरकारले दिल्ली छोड्न विवश पारेको आरोप लगाएको छ। उता केजरीवालले भने लकडाउनका बेला मानिसका शव नदीमा बगेका बेला करोडौं रुपैयाँ खर्चेर टाइम्स म्यागेजिन झुटो वाहवाहीको विज्ञापन दिएको, निर्दयी र क्रुर शासक भएको आरोप लगाएका थिए। 

चीन शीर्ष स्थानमा

बेइजिङमा सुरु भएको शीतकालीन ओलम्पिक २०२२ मा आयोजक चीन पहिलो पटक मेडल तालिकाको शीर्षस्थानमा पुगेको छ। 

तीन विधामा स्वर्णसँगै पाँच पदक जितेर चीन मेडल तालिकाको शीर्षस्थानमा पुगेको हो। चीनले महिला फ्रि स्काइकिङ बीग एयर, पुरुष एक हजार किलोमिटर स्केटिङ र छोटो दूरीको स्केटिङ टिम रिलेमा स्वर्ण जितेको हो।

यससँगै तीन स्वर्ण जितेको स्विडेन अहिले दोस्रो स्थानमा छ। उसले अल्पाइनतर्फ महिला जायन्ट स्ललोम, पुरुषतर्फको फ्रि स्टाइल स्काइकिङ मोगुल्स र पुरुषतर्फको स्पिड स्केटिङ पाँच हजार मिटरमा स्वर्ण जितेको हो।

ओलम्पिकको दोस्रो दिनका खेल सकिँदा शीर्षस्थानमा रहेको रुस भने अहिले तेस्रो स्थानमा पुगेको छ। उसले अहिलेसम्म दुई स्वर्णसहित ६ पदक जितेको छ। तर पदक संख्या रसियाको सबैभन्दा धेरै छ। रसियाको ओलम्पिक कमिटीले १५ किमी र १५ किमी रिलेमा स्वर्ण जितेको हो।

प्रकाशित: Feb 08, 2022| 19:25 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।