उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र प्राप्ति र त्यसपछि भएका क्रान्ति तथा आन्दोलनका उपलब्धिको संरक्षण तथा रक्षाका लागि सबै पक्षलाई अपिल गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छन्।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। प्रदेश–१ र वाग्मती प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
सम्झौतासँगै अब आइएमई पेका प्रयोगकर्ताहरुले एनसीएचएलको नेपाल पे क्यूआर, नेपाल पे इन्स्ट्यान्ट, नेपाल पे रिक्वेस्ट (टोकनाइजेसन र बिलर गेटवेसहित) जस्ता सेवा पाउने बताइएको छ।
उक्त एक्स्टेन्सन काउन्टरहरु कास्की जिल्लाको पोखरा महानगरपालिको वडा नं ११ स्थित मनिपाल अस्पताल र सोही महानगरपालिको वडा नं १७ स्थित हिमालय आँखा अस्पतालमा स्थापना भएका छन्।
तनहुँको दमौलीबाट चितवनको नारायणगढ निस्कने वैकल्पिक मार्गको सुरुआती ट्र्याक खोलिएको करिब ३१ वर्ष भयो। तर, अझै पनि यस बुद्धसिं मार्ग स्तरोन्नतिको कार्य प्राथमिकतामा नपर्दा ओझेलमा परेको छ।
१३औं पटकको अभियान सुरु गर्नुभन्दा पहिला हात्तीपाइले प्रभावित क्षेत्रमा पाँचौं पटक नमुना सङ्कलनको कार्य गर्दा हात्तिपाइले निवारण नभएपछि लगातार दुई वर्ष औषधि खुवाउनुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिए।