आइतबार, वैशाख ७, २०८२

अंगरक्षक पछाडि राखेर बाइकमा हुइँकिने सांसद मियाँ

संसद्‍मा पुगेर जे गर्छु भनेर एकवालले सोचेका थिए, त्यो पूरा भएन। कोभिडले एक वर्षसम्म संसद् बैठक नै बस्न सकेन। मिया भन्छन्, ‘आधा समय त यतिकै खेर गयो। सांसद त भइयो तर अधिकांश समय घरमै बस्नुपरो।’
 |  आइतबार, चैत २०, २०७८
nespernesper

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

आइतबार, चैत २०, २०७८

vianetvianet

नीलो सर्ट–प्यान्ट लगाएका नेपाल प्रहरीका पीएसओ बसेर दौडेको रातो पल्सर मोटरसाइकल देख्नुभयो भने त्यसमा एकवाल मियाँ जरुर भेटिन्छन्। सांसद मियाँ यसरी हिँडेको देख्दा धेरैजना अचम्म मान्छन्। तर उनले लोकाचारको लागि यसो गरेका होइनन्।

triton college

बारा क्षेत्र नम्बर ४ का सांसद मियाँले दुई दशकदेखि प्रयोग गरिरहेको सवारीसाधन मोटरसाइकल नै हो। केपी ओली सरकारमा ‘१९ दिने मन्त्री’ भएका उनी अहिले पनि अंगरक्षकसहित मोटरसाइकलमा यताउता दौडिरहेका हुन्छन्, जुन दृश्यले पहिलोपटक भेट्नेहरू अचम्म पर्छन्।

गाडी किन्न नसक्ने भएर उनले यसो गरेका होइनन्। मियाँ भन्छन्, ‘गाडी किन्दा सांसदको तलबभत्ता जति त्यसमै जाने रहेछ। बाँकी काम कुन पैसाले गर्ने भनेर मोटरसाइकल नै चलाइरहेको हुँ। यही बानी परिसक्यो।’

राष्ट्रिय जनता पार्टीका सांसद मियाँ सरल जीवनशैलीका छन्। फुर्सद हुनासाथ पार्टी अफिस पुग्छन्, कि गाउँ हिँडिहाल्छन्। सरोकारवालासँग ऐन–कानुनबारे छलफल गरिरहेका हुन्छन्।

एकवाल मियाँको जन्म बारा परवानीपुरको बनियाद गाउँको मुस्लिम परिवारमा भयो। कृषक परिवारमा जन्मेका उनले माध्यमिक तहसम्म बारामै पढे। आईएससी र वन विज्ञान पढ्न वीरगन्ज पुगे। 

National life insurance

बाल्यकालदेखि नै गाउँघरमा हुने सामूहिक काममा भाग लिने स्वाभाव थियो उनको। २०४३ आसपास काका सलिम मियाँ अन्सारीको संगतबाट मार्क्सवादी दर्शन पढ्न थाले। त्यतिबेलै तत्कालीन अनेरास्ववियुमा सक्रिय भए। सामान्य कृषकको छोरालाई राजनीति गरेरमात्र जीविका चलाउन कठिन थियो। उनले पढाइ सकेपछि वन, वातावरणकै क्षेत्रमा काम गर्न थाले। पाँच वर्ष गैरसरकारी संस्थामा जागिर खाए। कामको सिलसिलामा मधेसका जिल्लामात्र नभई जुम्ला, सुर्खेत, काठमाडौं बसे। ‘जागिरकै क्रममा नेपाललाई चिन्न पाएँ। समाजको शोषण, अन्याय देख्न पाएँ। स्थानीय तहको समस्याबारे बुझ्न पाएँ,’ उनले सुनाए, ‘जागिरपछि आफ्नै संस्था खोलेर वन, वातावरण, ग्रामीण विकासको काम गर्न थालेँ। राजनीतिमा मात्र भर परिनँ।’

केपी ओली सरकारमा ‘१९ दिने मन्त्री’ भएका उनी अहिले पनि अंगरक्षकसहित मोटरसाइकलमा यताउता दौडिरहेका हुन्छन्, जुन दृश्यले पहिलोपटक भेट्नेहरू अचम्म पर्छन्।

२०७२ सालमा मातृपार्टी एमाले त्यागेर महन्थ ठाकुर नेतृत्वको तमलोपा (तराई, मधेस लोकतान्त्रिक पार्टी) प्रवेश गरे। पार्टी त्याग्ने बेलामा एमाले बारा जिल्ला कमिटीको बुद्धिजीवि सल्लाहकार थिए। त्यसै वर्ष नाकाबन्दीको बेला भएको मधेस आन्दोलनमा सक्रिय सहभागी भए।

‘मलाई महन्थ ठाकुरको निष्ठा र समर्पणले आकर्षित गर्यो,’ उनी सुनाउँछन्, ‘राजनीति प्राप्तिका लागि गर्ने होइन रहेछ भन्ने कुरा उहाँबाटै सिकेँ। मधेसको अधिकारका लागि मधेसले नै लड्नुपर्छ भन्ने बुझेँ।’ मियाँको सक्रियताका कारण २०७४ सालको निर्वाचनमा सांसद उठ्ने अवसर मिल्यो। सक्रिय राजनीतिबाट परै रहेका मियाँले राष्ट्रिय जनता पार्टीको छाता चुनाव चिन्ह लिएर पहिलो पटकमै जित हात पारे। बारा क्षेत्र नम्बर ४ मा एमाले र कांग्रेसका सांसदलाई पछि पारे।

मधेसको चुनावमा पैसाको चलखेल हुने उनले देखेका थिए। तर पैसाकै बलमा निर्वाचन जित्ने कुरा उनलाई स्वीकार्य भएन। दैनिक खर्च टार्न चिनेजानेका शुभचिन्तकबाट सहयोग लिए। आफूले कमाउँदा बचाएको पैसा चुनावी अभियानमा लगाए।

‘म त्यही ठाउँमा जन्मेर त्यहीँको समाजमा काम गरेको मान्छे। मैले मलाई पत्याइदेऊ भनेर पैसा बगाउनुको के अर्थ?’ चुनावका दिन सम्झिँदै उनले भने, ‘जनताले मलाई जसरी चिनेका छन् त्यही मेरो शक्ति हो भन्ने ठानेँ। गाउँका कर्मशील नागरिकलाई पैसाले किन्छु भन्नु मुर्खता हुने रहेछ।’

परिणाम मियाँकै पक्षमा आयो। २२ हजार २ सय ७५ जनताको मतले उनलाई इमानदार भएर काम गर्ने आत्मविश्वास दिलायो। 

यसपछि सुरु भयो उनको संसद्–यात्रा। काठमाडौं आएर शपथ लिए। संसद् उनको लागि विल्कुल नौलो थियो। पहिलो बैठकमा भाग लिन बानेश्वरस्थित संसद् भवन गए बाइकमै। मर्यादा पालकलाई हल जाने बाटो सोधेर बैठक कक्षमा पुगे।

संसदमा पुगेर जे गर्छु भनेर एकवालले सोचेका थिए, त्यो पूरा भएन। कोभिडले एक वर्षसम्म संसदको बैठक नै बस्न सकेन। त्यसमाथि दुईपटक विघटन हुँदा संसद् ‘वर्कलेस’ भयो। मियाँ भन्छन्, ‘आधा समय त यतिकै खेर गयो। सांसद त भइयो तर अधिकांश समय घरमै बस्नुपर्यो।’

२०७७ चैतपछि कोभिडको बेला उनी बारा परवानीपुरमै थिए। हिँड्न–डुल्न सक्ने अवस्था थिएन। घरकै खेतीपातिमा सघाए। जिल्लामा कोरोना रोकथामका लागि पहल गरे। २०७८ जेठमा कोरोनाको दोस्रो लहर चलिरहेको बेला कामचलाउ प्रधानमन्त्रीको हैसियतमै केपी ओलीले मन्त्रीपरिषद् विस्तार गरे। मियाँको पार्टी पनि सरकारमा सहभागी हुने भयो। पार्टीले उनलाई युवा तथा खेलकुद मन्त्री बनाएर सरकारमा पठायो।

संसद्‍मा पुगेर जे गर्छु भनेर एकवालले सोचेका थिए, त्यो पूरा भएन। कोभिडले एक वर्षसम्म संसद् बैठक नै बस्न सकेन। मिया भन्छन्, ‘आधा समय त यतिकै खेर गयो। सांसद त भइयो तर अधिकांश समय घरमै बस्नुपरो।’

मन्त्री भएपछिमात्र उनले बुझे, नाम युवा तथा खेलकुद मन्त्रालय भए पनि युवाको नाममा त दश प्रतिशत पनि बजेट हुँदैन रहेछ। राष्ट्रिय– अन्तरािष्ट्रय खेलकुदमा मात्रै केन्द्रित हुने परम्परा रहेछ। पछि उनले संसदमा युवाका लागि प्रत्यक्ष काम गर्ने निकाय र बजेट कम रहेको कुरा उठाए। उनको तर्क थियो, राष्ट्रिय युवा परिषद् गठन गरेरमात्र युवाको समस्या समाधान हुँदैन। स्वरोजगारको लागि सीपमूलक तालिम, बेरोजगार भत्ता र शैक्षिक कर्जा दिनु अत्यावश्यक छ।

यद्यपि संसदमा दलका शीर्ष नेताहरूकै दबदबा हुन्थ्यो। सत्ता–प्रतिपक्षको जुहारीमै संसदको अधिकांश समय जान्थ्यो। विषयगत कुरा बोल्ने मौका निकै कम मिल्थ्यो। थोरैपटक पाएको अवसरलाई सदुपयोग गर्दै मियाँले युवाको विषय, निजी तथा सामुदायिक वन, वातावरण, स्थानीय–स्रोतको पक्षमा बोले। 

भाइरल हुने मोहमा चर्को कुरा गर्ने स्वभाव छैन उनको। जानेको विषय क्षेत्र छ भनेमात्र बोल्छन्। आफू पनि मुस्लिम भएको हुनाले धार्मिक अल्पसंख्यकहरुको पक्षमा पनि बोल्छन्। उनीहरूमध्ये आजसम्म संसद्मा जति बोलेका छन्, स्वअध्ययनपछि आफ्नो धारणा राख्ने गरेका छन्। 

प्रतिनिधिसभामा तीनजना प्रत्यक्ष र ६ जना समानुपातिक मुस्लिम सांसद रहेकै बेला आफ्नो समुदायको पक्षमा काम गर्ने योजना थियो उनको। त्यसैले धार्मिक अल्पसंख्यकको अधिकार रक्षा र धर्मनिरपेक्षताको मर्म सबै ठाउँमा लागू गर्ने ऐनका लागि लडिरहेका थिए। तर संसद् अवरुद्ध हुँदा ऐन–कानुनको सबै काम रोकियो। 

‘लामो समय वन, वातावरण, स्थानीय शासनको क्षेत्रमा काम गरेँ। यही क्षेत्रबारे थोरैधेरै जानेको हुनाले यसबारे नै बढी कुरा राख्छु,’ उनी भन्छन्। यद्यपि संसदमा सीमित सांसदको मात्र हाइहाइ हुन्छ। जसले सरकारको कडा आलोचना गर्छ, जो बोलिरहन पाउँछ उसलाई नै मिडियाले हाइलाइट गरिदिएको हुन्छ। तर मियाँ चर्चाको मोहमा होइन आफ्नो अनुभव र योग्यताको आधारमा काम गर्न रुचाउँछन्। शिक्षा, स्वास्थ्य, स्थानीय शासनको नयाँ ऐन बनाउन चाहन्छन्। 

प्रतिनिधिसभामा तीनजना प्रत्यक्ष र ६ जना समानुपातिक मुस्लिम सांसदहरू रहेकै बेला आफ्नो समुदायको पक्षमा काम गर्ने योजना बनाएका थिए उनले। धार्मिक अल्पसंख्यकको अधिकार–रक्षा र धर्मनिरपेक्षयताको मर्म सबै ठाउँमा लागू गर्ने ऐन बनाउने उनको योजना थियो। यद्यपि संसद् अवरुद्ध हुँदा ऐन–कानुनको काम रोकिए। ‘समय ज्यादै कम छ। योपटक ऐन नबन्दा अर्को पाँच वर्ष बर्बाद हुन्छ,’ संसदको कार्यकाल सकिने समय नजिकिँदै गर्दा एकवाल मियाँको चिन्ता यसैमा छ। 

सदनमा म-१ 

रंगमती शाही : हुम्लाको छाउगोठदेखि बानेश्वरको संसद् भवनसम्म

(जनमतको सर्वोच्च संस्था संसद्‍मा आइपुग्न गरिएका संघर्षको कथा कहने शृंखला ‘सदनमा म’ प्रत्येक आइतबार प्रकाशित हुनेछ। –सम्पादक)


प्रकाशित: Apr 03, 2022| 17:02 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्