मंगलबार, मंसिर १९, २०८०

त्यसपछि ‘फूल’जस्ती बागमती ‘बन्दुक’ बनिन्

‘मलाई बन्दुक उठाउने कुनै रहर थिएन। श्रीमान युद्धमा लागे पनि म चाहिँ घरमै सन्तानको रेखदेख गरेर बस्छु भन्ने सोचकी थिएँ,’ उनी सम्झिन्छिन्, ‘ प्रहरी हिरासतभित्र १९ दिनसम्म भोगेको शारीरिक र मानसिक यातनालाई मैले कसरी बिर्सुं? अहँ सकिनँ। विद्रोहमा होमिन बाध्य भएँ। जंगल पस्न बाँध्य भएँ।’
 |  आइतबार, फागुन १, २०७८
averest bankaverest bank

दिलीप कुँवर

दिलीप कुँवर

आइतबार, फागुन १, २०७८

रोल्पा-

sagarmatha cement

२०५६ साल असोज २८ गते। बिहान लगभग ८ बज्दै थियो। बागमती थापा आफ्नै घरको सरसफाइमा व्यस्त थिइन्। कहिले आँगन, कहिले धारा, कहिले शौचालय त कहिले तरकारी बारी, उनी आफ्नै सुरमा काम गरिरहेकी थिइन्। ओहोरदोहोर गरिरहेकी थिइन्। 

त्यो रात उनको घरलाई चारैतिर प्रहरीले घेरा हालिसकेका रहेछन्। तर उनलाई केही थाहै थिएन। उनलाई आफू र आफ्नो छोरी प्रहरी घेरामा परेको बल्ल त्यतिबेला थाहा भयो, जब दुई जना प्रहरी बन्दुक भिरेर उनकै आँगनमा आइपुगे। 

त्यसपछि प्रहरीको पहिलो प्रश्न थियो, ‘सुनील खोइ?’ 

बागमतीका श्रीमान् सुनील ०५२ सालदेखि नै माओवादी युद्धमा भूमिगत भइसकेका थिए। त्यसैले सुनीलको विषयलाई लिएर सेना र प्रहरी घरमा आइरहनु, प्रश्न सोधिरहनु, तनाव दिइरहनु उनका लागि सामान्य बनिसकेको थियो।

सुनील युद्धको पहिलो रणनैतिक आक्रमणदेखि नै घरमा लुकी–लुकी आउजाउ गर्न थालेका थिए। 

प्रकाशित: Feb 13, 2022| 16:51 आइतबार, फागुन १, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्