बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • जनकपुरधामको राजदेवी मन्दिरमा 'खोँइछ भरी' गर्ने श्रद्धालुको भीड [तस्बिरसहित]

जनकपुरधामको राजदेवी मन्दिरमा 'खोँइछ भरी' गर्ने श्रद्धालुको भीड [तस्बिरसहित]

दशैँको आठौ दिन जनकपुरधामको शक्तिपिठहरुमा खोँइछ भर्नेको भिड लागेको छ।
 |  बुधबार, असोज २७, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बुधबार, असोज २७, २०७८

जनकपुर- दशैँको आठौ दिन जनकपुरधामको शक्तिपिठहरुमा खोँइछ भर्नेको भिड लागेको छ। राजा जनकको कुल देवीको रुपमा चिनिने राजदेवी मन्दिर सहित जनकपुरधामको विभिन्न स्थानमा विवाहिता महिलाहरुले सप्तमी तिथी देखि नै खोँइछ भरिरहेकी छिन्। खोँइछ भर्नको लागि हजारौँको संख्यामा महिलाहरु राजदेवी मन्दिर सहित रामानन्द चौक, मुरली चौक, पिडरीयामाइस्थान लगायतका स्थानमा खोँइछ भरिरहेकइी छिन्। 

National life

त्यस्तै प्रसाद चढाउनका लागि गएराति ११ बजे देखि नै ठुलो लाइन लागेको छ। हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरु प्रसाद चढाउन लाइन लागेका छन्। राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोँइछ भर्न महिलाहरुको भिड लागने गरेको छ। 

मिथिलामा छोरीको बिदाई भन्दा पहिले खोँइछ दिने परम्परा छ। यता आज राति देखि बलिप्रदान दिने भएको छ। त्यसको लागि नेपाल सहित भारतको सिमावर्ती क्षेत्रबाट श्रद्धालुभक्तजनहरु बोकाबलीको लागिआउने क्रम सुरु भैसकेको छ। प्रत्येक वर्ष यहाँ राजदेवी मन्दिरमा मात्र हजारौँको संख्यामा बलिप्रदान हुनेगरेको छ।

Shivam cement



 

प्रकाशित: Oct 13, 2021| 12:25 बुधबार, असोज २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।