शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • ओलीबाट बारम्बार अपमानित भएको दाहालको दाबी, भन्छन्– बैठकमा बोल्दाबोल्दै मुख थुनियो

ओलीबाट बारम्बार अपमानित भएको दाहालको दाबी, भन्छन्– बैठकमा बोल्दाबोल्दै मुख थुनियो

३१ महिनासम्म सँगै समान हैसियतमा पार्टीको नेतृत्व गरेका दाहालले ओलीबाट आफू पटकपटक अपमानित हुनुपरेको दुःखेसो मात्र पोखेनन्, आक्रोश पनि व्यक्त गरे।
 |  बिहीबार, पुस १६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १६, २०७७

संसद् विघटनपछि चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना राजनीतिक सहयात्रीसँग  कस्तो व्यवहार गर्छन्? संगत गर्ने प्रत्येकको आ–आफ्नै मूल्यांकन होला । तर, पुष्पकमल दाहालको अनुभवमा ओली ‘सन्की, जिद्दी र अरुको अपमान गर्ने’ स्वभावका छन्। आफूले जे भन्यो त्यही हुनुपर्छ भन्ने अहंकारी स्वभाव ओलीमा हाबी छ। 

३१ महिनासम्म सँगै समान हैसियतमा पार्टीको नेतृत्व गरेका दाहालले ओलीबाट आफू पटकपटक अपमानित हुनुपरेको दुःखेसो मात्र पोखेनन्, आक्रोश पनि व्यक्त गरे।

प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार काठमाडौंमा आयोजित विरोधसभा बोल्दै दाहालले ओलीले आफू बोल्दाबोल्दै मुख थुन्न खोज्नेदेखि बस्ने ठाउँ नै नदिएर अपमानित गरेकोसम्मका अनुभव सुनाए। 

पार्टी एक हुँदा भित्र जे जे भए पनि बाहिर भन्न नसकेका दाहालले मंगलबार मनको गाँठो खोलेजस्तै गरी भने– ‘ओलीजीमा कतिसम्मको निरंकुश प्रवृत्ति थियो भने म बोल्दाबोल्दै बैठकमै मुख थुन्न खोज्नुभयो।’ 

सहमतिमा पार्टी चलाउने र कम्युनिस्टहरुलाई एक बनाउने भन्दै २०७५ जेठ ३ गते तत्कालीन माओवादी केन्द्र र एमालेबीच एकीकरण भएको थियो। तर, यस बीचमा ओली र दाहालबीच सहकार्यभन्दा खटपट नै बढी भयो। हुँदाहुँदा दुई अध्यक्ष एउटै बैठकमा बस्नै नसक्ने अवस्थामा पुगे। 

त्यसको कारण खोतल्दै दाहालले भनेका छन्– ‘ओलीजीले म बस्ने कुर्सी नै सारिदिने र फालिदिनेसम्मको हर्कत गर्नुहुन्थ्यो। सीमा नाघेर अपमान गर्ने र बैठकमै नबस्ने काम उहाँबाटै भएको थियो।’ 

नेकपा अध्यक्ष दाहालको मात्रै होइन ओलीसँग ३० वर्ष सँगै घामपानी सहेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि ओली अरुको अपमानमा रमाउने पात्र भएको टिप्पणी गरे। उनले मंगलबारको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै भनेका छन्– ‘ओलीजीले अरुको अपमान गर्ने र खिसिटिउरी गर्नेभन्दा केही गर्नु भएन।’ 

उसो त नेताहरुले एकअर्कालाई हदैसम्मको निकृष्ट शब्द प्रयोग गरेर गाली गर्ने र फेरि मिलेको देखिनु नेपाली राजनीतिमा नौलो होइन।

ओली र दाहालले पार्टी एकीकरण अघि एकअर्कालाई लान्छित गर्न कुनै कसर बाँकी राखेका थिएनन्। त्यसअघि नेकपा एमाले फुटेर बामदेव गौतमको नेतृत्वमा नेकपा माले गठन भएपछि एमालेले गौतमलाई सार्वजनिक रुपममा ‘एक नम्बरको भ्रष्टाचारी’ घोषित गरेको थियो । पछि उनीहरु फेरि एउटै पार्टीमा रहेर सहकार्य गर्न थाले। अहिले एकअर्का विरुद्ध विष वमन गरिरहेका यी नेताहरु फेरि मिले भने आश्चर्य मान्नुपर्ने छैन।

प्रकाशित: Dec 31, 2020| 09:35 बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।