बुधबार, कात्तिक २६, २०८२
  • गृहपृष्ठ
  • भिडियो
  • कंगोमा सेनाका क्याप्टेनहरूबाट मरणासन्न हुने गरी कुटाइ खाएका एक सैनिकको बयान [भिडियो रिपोर्ट]

कंगोमा सेनाका क्याप्टेनहरूबाट मरणासन्न हुने गरी कुटाइ खाएका एक सैनिकको बयान [भिडियो रिपोर्ट]

यो पटक हामी ती अमल्दार नमराज माझीको बयान प्रस्तुत गर्दैछौं, जसलाई कंगोमा त्यतिबेला राति साढे १० बजेको समयमा सैनिक अधिकृतहरू इन्द्रबहादुर थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले पाइपको लठ्ठी प्रयोग गरेर निर्मम कुटपिट गरेका थिए।
 |  सोमबार, असोज ४, २०७८

अनिल यादव

अनिल यादव

सोमबार, असोज ४, २०७८

कंगोमा नेपाली सेनाका अमल्दार नमराज माझीमाथि ०७७ असोज ८ गते भएको निर्घात कुटपिटको खबर फोटोसहित भाइरल भयो। यो घटनाले त्यतिबेला कंगोदेखि नेपालको सैनिक मुख्यालयसम्म तरंग पैदा त गरेको थियो नै, सँगसँगै मिडियामा पनि राम्रै स्थान पाएको थियो। 

कंगो मिसन शृंखलाको पहिलो र दोस्रो भागमा हामीले आर्थिक अनियमितताको पाटोबारे चर्चा गर्‍यौं। माझी कुटपिट प्रकरणको एक साता नबित्दै असोज १२ गते कान्तिपुर टिभीले त्यहाँ भएको औषधि खरिद र इन्धन अनियमितताबारे समाचार प्रसारण गरेको थियो। 

यो समाचार प्रसारण भएपछि सेनाभित्र त्यसले कस्तो हलचल मच्चायो, अनियमितताको खबर मिडियासम्म पुर्‍याएको अभियोग लगाएर कसरी दुई सहसेनानी राजेन्द्र सिम्खडा र कुमार गुरुङलाई बर्खास्त गरियो, हामीले त्यसबारे चर्चा गरिसक्यौं। 

यो पटक हामी ती अमल्दार नमराज माझीको बयान प्रस्तुत गर्दैछौं, जसलाई कंगोमा त्यतिबेला राति साढे १० बजेको समयमा सैनिक अधिकृतहरू इन्द्रबहादुर थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले पाइपको लठ्ठी प्रयोग गरेर निर्मम कुटपिट गरेका थिए। कुटपिटको तस्बिर मिडियामा भाइरल नै भएको थियो। 

Laxmi sunrise bank
kumari
कंगो मिसन शृंखलाको पहिलो भाग

शृंखलाको दोस्रो भाग

शृंखलाको तेस्रो भाग

शृंखलाको चौथो भाग



प्रकाशित: Sep 20, 2021| 17:55 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।