बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • २४ घण्टामा देशभर सवारी दुर्घटनामा पाँचको मृत्यु, ११३ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा पाँचको मृत्यु, ११३ जना घाइते

 |  बुधबार, भदौ २४, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०८३

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ११३ जना घाइते भएका छन्।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ।

त्यस्तै देशभर भएका दुर्घटनामा ११३ जना घाइते भएका छन्। जस अनुसार मधेश प्रदेशमा २५ जना घाइते भएका छन् भने कोशीमा २७ जना, काठमाडौँ उपत्यकामा १४ जना, सुदूरपश्चिममा १६ जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा २८ जना, कर्णालीमा २ जना र गण्डकीमा ३ जना घाइते भएका छन्।

प्रकाशित: Sep 09, 2026| 11:22 बुधबार, भदौ २४, २०८३
प्रतिक्रिया दिनुहोस्