सोमबार, भदौ १५, २०८३

टेलिकमका बाढीबाट प्रभावित भएका १२० मध्ये ११० साइट सुचारु

 |  सोमबार, भदौ १५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०८३

काठमाडौं। नेपाल टेलिकमले रसुवाको जिबजिबे र सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजार साइट सुचारु गरेको छ। यससँगै बाढीबाट प्रभावित भएका १२० साइट मध्ये ११० साइट सुचारु भएका छन्।

जिबजिबे टावरबाट भोर्ले, चिती, गाइसौरा भोर्ले लगायत नौकुण्ड गाउँपालिकाको वडा नम्बर ५ र ६ को विभिन्न स्थानका सेवाग्राही लाभान्वित हुनेछन्।

त्यसैगरी सरमथली टावरबाट यार्सा, लच्याङ, सिमबन्दी, बिजिली जोङ लगायत आसपास क्षेत्रका सेवाग्राही लाभान्वित हुनेछन्।

बेनीघाट साइटबाट बेनीघाट बजार लगायत आसपासका क्षेत्र र त्रिशूली साइटबाट त्रिशुली बजार, ढुंगे आसपासका क्षेत्रमा सञ्चार सेवा सहज हुनेछ।
 

प्रकाशित: Aug 31, 2026| 18:25 सोमबार, भदौ १५, २०८३
प्रतिक्रिया दिनुहोस्