सोमबार, भदौ १५, २०८३

गोरखाको चुमनुब्रीमा ठुलो पहिरो, सतर्कता अपनाउन आग्रह

 |  सोमबार, भदौ १५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०८३

गोरखा- गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित चौँरीखर्कपारि ठूलो पहिरो खसेपछि केही समय बूढीगण्डकीको सहयक नदी स्यारखोला थुनिएको छ।

सोमबार बिहान करिब १० बजे पहिरो खसेपछि पहिरो स्यार खोलाको छेउसम्म आइपुगेको स्थानीयले जानकारी दिएका छन्।

पहिरो ठूलो भए पनि अहिले नदीमा ताल बनेको अवस्था नरहेको र नदी ठाडो भएकाले पानी साविककै रूपमा बगिरहेको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय गोरखाले बूढीगण्डकी नदी साविककै गतिमा बगिरहेको जानकारी दिएको छ।

पहिरोका कारण जोखिम हुन सक्ने भन्दै धादिङ–गोरखा हुँदै बग्ने बूढीगण्डकी नदी आसपासका बासिन्दालाई नदी किनारमा नजान र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित: Aug 31, 2026| 14:40 सोमबार, भदौ १५, २०८३
प्रतिक्रिया दिनुहोस्