सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन

भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन

 |  सोमबार, भदौ १५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०८३

काठमाडौं- भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित विदेशी नागरिक तथा पर्यटकको खोज, उद्धार र सहयोगका लागि सरकारी निकाय तथा सुरक्षा संयन्त्रले समन्वयमा काम गरिरहेका छन्।

भदौ १० गते रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा आएको बाढीपछि नेपाल पर्यटन बोर्डका अनुसार भदौ १४ गते साँझसम्म २८९ जना विदेशी नागरिक तथा पर्यटकको उद्धार गरिएको छ। त्यस्तै, ५ जनासँग पुनः सम्पर्क स्थापित भएको छ। सम्पर्कमा आएकामध्ये ३ जना स्पेनका, १ जना अमेरिकाका र १ जना बेल्जियमका नागरिक रहेका छन्। अझै ५९१ जना विदेशी नागरिक तथा पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका विदेशी नागरिक तथा पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन्। जसअनुसार भारतका १८०, चीनका ८९, जर्मनीका ४, इटालीका २, माल्टाका ४, बुल्गेरियाका १, ओमानका १, पोर्चुगलका १, रुसका २, स्विट्जरल्यान्डका १, टर्कीका २ र अमेरिकाका २ जना उद्धार भएका छन्।

बोर्डले पर्यटक प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, पर्यटन क्षेत्रका सरोकारवाला तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउने काम भइरहेको जनाएको छ। साथै प्रमाणित सूचना प्राप्त हुँदै गएपछि सोहीअनुसार जानकारी सार्वजनिक गरिने बोर्डले जनाएको छ।

नेपाल पर्यटन बोर्डको निःशुल्क नम्बर १२३४, सरकारी आपत्कालीन सहायता नम्बर ११४४ तथा पर्यटक प्रहरीको ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ।

प्रकाशित: Aug 31, 2026| 08:24 सोमबार, भदौ १५, २०८३
प्रतिक्रिया दिनुहोस्