आइतबार, भदौ १४, २०८३

भोटेकोशी बाढीपछिको राहत र उद्धारमा ७ हजार ८९४ प्रहरी परिचालन

 |  आइतबार, भदौ १४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०८३

काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ८९४ जना प्रहरी कर्मचारी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ।

प्रभावित क्षेत्रमा घाइतेको उद्धार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन, शव व्यवस्थापन र अन्य सुरक्षा निकायसँग समन्वयका लागि विभिन्न टोली परिचालन गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयमा स्थापना गरिएको विपद् प्रतिकार्य समन्वय केन्द्रमार्फत उद्धार, खोजी, राहत तथा शव व्यवस्थापनको समन्वय भइरहेको छ। घाइतेको उपचार र शव व्यवस्थापनका लागि अस्पतालहरूसँग समन्वय गर्न छुट्टै टोलीसमेत परिचालन गरिएको छ।

उद्धार तथा खोजीका लागि ड्रोन र तालिमप्राप्त कुकुरसहितका टोली विभिन्न स्थानमा खटिएका छन्। काठमाडौँ, नुवाकोट र धादिङका विभिन्न स्थानमा २२ वटा अस्थायी केन्द्र स्थापना गरी घाइतेको उद्धार तथा राहत वितरणलाई व्यवस्थित गरिएको प्रहरीले जनाएको छ।

शवको सङ्कलन, पहिचान र व्यवस्थापनका लागि विशेष टोली परिचालन गरिएको छ। शवको तस्बिर तथा विवरण अभिलेख गर्नुका साथै डिएनए र औँठाछापका नमुना सङ्कलन गर्ने काम भइरहेको छ। पहिचान नभएका शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको प्रहरीले जनाएको छ।

बाढीमा हालसम्म २५ प्रहरी सम्पर्कविहिन रहेको समेत जानकारी दिइएको छ। 

प्रकाशित: Aug 30, 2026| 19:24 आइतबार, भदौ १४, २०८३
प्रतिक्रिया दिनुहोस्