आइतबार, भदौ १४, २०८३

हेटौँडामा माइक्रो र सुमो ठोक्किँदा ११ जना घाइते

 |  आइतबार, भदौ १४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०८३

हेटौँडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ पिपलबोटस्थित महेन्द्र राजमार्गमा विद्युतीय माइक्रो र सुमो एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।

आइतबार दिउँसो काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज. ०६९७ नम्बरको यात्रुवाहक विद्युतीय माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको ना.१ ज. ५८७३ नम्बरको यात्रुवाहक सुमो ठोक्किएका हुन्।

दुर्घटनामा सुमो चालकसहित सुमोमा सवार ६ जना तथा माइक्रो चालकसहित माइक्रोमा सवार ५ जना गरी ११ जना घाइते भएको र घाइते सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: Aug 30, 2026| 16:48 आइतबार, भदौ १४, २०८३
प्रतिक्रिया दिनुहोस्