आइतबार, भदौ १४, २०८३

भोटेकोशी बाढीपछि हालसम्म ७८८ जनाको शव फेला

 |  आइतबार, भदौ १४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०८३

काठमाडौं। रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो ३ बजेसम्म ७ सय ८८ जनाको शव फेला परेको  छ। 

जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ५२ जना, धादिङमा ५० जना, चितवनमा २६४ जना, गोरखामा ५८ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १९४ जना र नवलपरासी पश्‍चिम १२० जना गरी ७८८ जनाको शव फेला परेको हो। 

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ।

प्रकाशित: Aug 30, 2026| 16:35 आइतबार, भदौ १४, २०८३
प्रतिक्रिया दिनुहोस्