आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरुङमा उद्धारको प्रयास जारी, अहिलेसम्म के के भयो ?

माथिल्लो त्रिशूली ३ ‘ए’ को सुरुङमा उद्धारको प्रयास जारी, अहिलेसम्म के के भयो ?

 |  आइतबार, भदौ १४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०८३

काठमाडौं। रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरले विस्फोट गराएर बाटो खोल्नेसम्मका प्रयास अघि बढाएका छन्।

उद्धारस्थलमा नेपाली सेनाका ६६, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीका १८ र नेपाल प्रहरीका ६ गरी ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ।

यसअघि उद्धार टोलीले दिउँसो २ बजे सुरुङको मुख्य भागमा पुगेर २ फिट चौडा र ३ फिट अग्लो प्वाल बनाएको थियो। डोरीको सहायताले तल झरेर भित्र रहेका मानिसलाई बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई तीव्र बनाउन ठूला उपकरण प्रयोग, विस्फोट तथा प्वाल फराकिलो पार्ने काम एकसाथ भइरहेको जनाइएको छ।

प्रकाशित: Aug 30, 2026| 16:05 आइतबार, भदौ १४, २०८३
प्रतिक्रिया दिनुहोस्