आइतबार, भदौ १४, २०८३

सन्दीप लामिछानेले एक महिनाको तलब विपद् कोषमा दिने

 |  आइतबार, भदौ १४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०८३

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले मलेसियामा हुने एसीसी प्रिमियर कपमा नेपाललाई प्रतिनिधित्व गर्नुअघि बाढीबाट प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको घोषणा गरेका छन्।

लामिछानेले क्रिकेट सङ्घ नेपालबाट प्राप्त हुने एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने बताएका छन्। उनले प्रतियोगिताभर नेपालले लिने प्रत्येक विकेटबापत १ हजार ५०० रुपैयाँ तथा प्रहार गर्ने प्रत्येक चौका र छक्काबापत थप १ हजार ५०० रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। उक्त रकम बाढी प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिने उनले बताएका छन्।

देश कठिन परिस्थितिबाट गुज्रिरहेको भए पनि मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत स्वदेशमा रहेका नेपालीको अनुहारमा केही खुसी ल्याउने प्रयास गर्ने लामिछानेले बताएका छन्।

नेपालले मलेसियामा आजदेखि शुरु भएको एसीसी प्रिमियर कपमा भोलि बहराइनसँग खेल्दैछ। 

 

प्रकाशित: Aug 30, 2026| 15:42 आइतबार, भदौ १४, २०८३
प्रतिक्रिया दिनुहोस्