आइतबार, भदौ १४, २०८३

धादिङको चरौदी-घ्यालचोक झोलुंगे पुल बगायो

 |  आइतबार, भदौ १४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०८३

धादिङ- धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ मा रहेको चरौदी–घ्यालचोक जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ।

आइतबार त्रिशुली नदीमा आएको बाढीले चरौदी–घ्यालचोक जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो।

बाढीका कारण पुल नजिक रहेका चरौदी कृषक सुधार फलफूल तथा तरकारी उत्पादक सहकारी संस्था, वडा कार्यालय, चरौदी पोषण सुधार केन्द्र, चरौदी आधारभूत स्वास्थ्य सेवा केन्द्र, ग्रामीण खानेपानी व्यवस्थापन बोर्ड र बुद्धि विकास आधारभूत विद्यालयमा समेत प्रत्यक्ष असर परेको स्थानीयले बताएका छन्।

प्रशासनले जोखिमपूर्ण आवस्था रहेकाले स्थानीय नागरिकलाई आवश्यक सतर्कता अपनाउन, जोखिमयुक्त स्थानमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

प्रकाशित: Aug 30, 2026| 13:26 आइतबार, भदौ १४, २०८३
प्रतिक्रिया दिनुहोस्