आइतबार, भदौ १४, २०८३

बाढीपछि चीनतर्फ नेपालका १०४ सहित २६१ विदेशी नागरिक बेपत्ता

 |  आइतबार, भदौ १४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०८३

काठमाडौं- नेपाल-चीन सीमामा आएको विनाशकारी बाढीपछि तिब्बत क्षेत्रमा २३ देशका २६१ विदेशी नागरिक बेपत्ता भएको चिनियाँ अधिकारीले पहिलोपटक राष्ट्रियतासहितको विवरण सार्वजनिक गरेका छन्।

बेपत्ता हुनेमा सबैभन्दा धेरै १०४ जना नेपाली रहेका छन्। त्यसपछि भारतका ४९, लाटभियाका ३३, अमेरिकाका १८ र बेलायतका १५ जना रहेका छन्। त्यस्तै क्यानडा र अस्ट्रेलियाका ६-६, दक्षिण अफ्रिकाका ४, रूस, मलेसिया र जर्मनीका ३-३ जना बेपत्ता छन्।

नेदरल्यान्ड्स, न्युजील्यान्ड, इस्टोनिया, फ्रान्स र आयरल्यान्डका २-२ जना तथा फिनल्यान्ड, लिथुआनिया, पोर्चुगल, युक्रेन, स्पेन, हंगेरी र कजाकिस्तानका १-१ जना बेपत्ता रहेको चिनियाँ अधिकारीले जनाएका छन्।

प्रकाशित: Aug 30, 2026| 12:35 आइतबार, भदौ १४, २०८३
प्रतिक्रिया दिनुहोस्