आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • चार सुरुङ उद्धार विशेषज्ञसहित चीनबाट ५० टन आपतकालीन राहत सामग्री आइपुग्यो

चार सुरुङ उद्धार विशेषज्ञसहित चीनबाट ५० टन आपतकालीन राहत सामग्री आइपुग्यो

 |  आइतबार, भदौ १४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०८३

काठमाडौं- चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्री बोकेका दुई ठूला सैनिक विमान शनिबार बिहान काठमाडौँ आइपुगेका छन्।

आइतबार बिहान चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुई वटा ठूलो क्षमताका मालवाहक विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। ती विमानमा उद्धार उपकरणसहित चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञसमेत आएका छन्।

राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र सङ्घीय संसद्का प्रतिनिधिसभा सदस्य धर्म केसी सहभागी भएका थिए। उनीहरूले चिनियाँ उद्धार विशेषज्ञलाई स्वागतसमेत गरेका थिए।

चिनियाँ विमानहरू छेन्दुस्थित विमानस्थलबाट उडेका थिए र करिब तीन घण्टाको उडानपछि काठमाडौँ आइपुगेका हुन्। ती विमानमा पाल, कम्बल, सुत्ने झोला, सुख्खा खाद्यान्न र प्राथमिक उपचार सामग्रीसहित १३ हजार २०० थान राहत सामग्री ल्याइएको छ। सामग्रीको कुल तौल ५० टन रहेको काठमाडौँस्थित चिनियाँ दुताबासले जनाएको छ।

प्रकाशित: Aug 30, 2026| 11:45 आइतबार, भदौ १४, २०८३
प्रतिक्रिया दिनुहोस्